महानगर थाल्यो उपमेयर सुनिताको अगुवाईमा बजार अनुगमन


प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार

बडादसैं सुरु भएसँगै बजारभाउ आकाशिएको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन् । तर, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेका निकाय चाडपर्व लक्षित बजार अनुगमनमा मात्र केन्द्रित देखिएका छन । अरु समयमा वास्ता नगर्ने निकाय चाडपर्वका बेला भने एकाएक चलमलाउँछन । विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्परा काठमाडौंं महानगरले यसपटक पनि निरन्तरता पाएको छ ।चाडपर्व नजिकि“दै गर्दा सरकारले अनुगमनलाई तिब्र बनाएको छ ।

आम मानिससँग दैनिक जोडिएका उपभोग्य बस्तु दाल, चामल, लत्ता कपडादेखि तरकारी जस्ता बस्तुमा बिचौलियाको प्रवेश तथा कालाबजारी रोक्नका लागि अनुगमनलाई बजार केन्द्रित बनाएको हो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमन गरिएको नियमनकारी निकायको दाबी छ । दसैंतिहार जस्ता ठूला पर्वहरुमा खरिदविक्री बढी हुने र यही मौकामा उपभोक्ता ठगिने विषयलाई ध्यानमा राखेर अनुगमन पक्षलाई बलियो बनाएको बताइएको छ ।

काठमाडौंं महानगरपालिका उपमेयर सुनिता डंगोलको टोलीले तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरेरनगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । कतिपय व्यापारीलाई पसल दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउँदै उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिइने प्रतिवद्धता जनाइन् । उपमेयर डंगोलले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिइन् ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । यद्यपी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने तर मिति सकिएका खाद्य सामग्री विभागले भने नबेचेको दाबी गरीन् । प्रमुख थापाले विभागबाट भएका कमजोरीलाई आगमी दिनमा सच्याउने प्रतिवद्धता समेत जनाइन् ।

त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाए । अनुगमनका क्रममा सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेकोमा आक्रोश व्यक्त गर्दै तिमल्सिनाले सरकारी संस्थाहरु सबैभन्दा बढी परादर्शी र स्वस्थ रहन आवश्यक रहेको बताए । बजार अनुगमन नियमित हुन नसकेको भन्दै नागरिकप्रति सरकारी संस्थाहरु जिम्मेवार बन्नुपर्ने र विशेष गरी स्थानीय सरकारले यसको जिम्मा लिन आवश्यक रहेको उनको भनाई छ ।

बिगतका वर्षमा समेत चाडपर्व आउदै गर्दा बजारमा व्यापारीले कृत्रिम मंहगी बढाउने गरेका छन् । त्यसको निरन्तरताको रुपमा अहिलेपनि व्यापारीले आफुखुसी मूल्य बढाइरहेका छन । बजारमा सामान अभाव भएको बाहना बनाउदै उपभोक्तालाई चर्को मुल्यमा उपभोग्य बस्तु किन्न बाध्य गराउने गरेका छन् । यसरी बजारमा उपभोक्तालाई ठग्ने व्यापारीलाई तह लगाउनका लागि सरकारले यस पटकको अनुगमन नियमित र अनुसन्धानमुलक ढंगले बजार केन्द्रित हुने जनाएको छ । चार्डपर्वलाई लक्षित गरी कालोबजारी गर्नेहरुलाई कारवार्हीको लागि सम्वन्धीत निकायले सक्रियता देखाउन आवश्यक छ ।-एबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com