सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार

काठमाण्डौं । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु ज्यान गएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा, जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङका २१ वर्षीय जित बहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोप बहादुर ओली, उहाँको ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओली रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मुलपानीमा आज बिहान साढे तीन बजे बाँके कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com