नेपाल आउने विदेशी नागरिकले कुन-कुन सामान ल्याउँदा हुन्छ भन्सार छुट ?


प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । नेपालमा वर्षेनी लाखौं विदेशी पर्यटकहरु घुम्ने आउने गर्दछन् । तर, पर्यटकहरुले नेपाल आउँदा के के सामान ल्याउन पाईन्छ ? भन्ने कुरा थाहा नहुँदा विमानस्थलबाट बढी भएको समान जफत हुने गरेको छ ।

विदेशी नागरिक नेपाल आउँदा प्रायः हातमा हुने एउटा वस्तु हो, बाइनाकुलर (दूरविन) । विदेशीहरु नेपालका विभिन्न स्थानमा घुम्ने क्रममा उनीहरुले दूरविनबाट डाडाँकाडाँ हेर्न रुचाउँछन् । तर, विदेशी नागरिकले दूरविन लिएर आउँदा एक थान मात्र ल्याउँदा कुनै भन्सार तिर्नु पर्दैन । तर, एक भन्दा बढी ल्याएको अवस्थामा भन्सार महसुल तिर्नुपर्ने वा जफत हुन सक्ने विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

विदेशी नागरिकले प्रति व्यक्ति एक थानमात्र सेलुलर मोबाईल ल्याउन पाइनेछ । त्यस्तै, ल्यापटप, क्यामरा, भिडियो क्यामरा र पोर्टेबुल म्युजिक सिष्टम एक।एक थान ल्याउँदा कुनै भन्सार तिर्नु नपर्ने भन्सार कार्यालयले जानकारी दिएको छ ।

विदेशी नागरिकले आफ्नो बच्चाको लागि पेराम्बुलेटर र टइसाइकल एक थान ल्याउन पाउनेछन् । त्यस्तै, साइकल र घडी एक एक थानमा कुनै भन्सार तिर्नुपर्दैन । विदेशी नागरिकले सुनको गहना ५० ग्राम र चाँदीका गहना १०० ग्रामसम्म ल्याउँदा भन्सार छुट छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मदिराको हकमा भने एक लिटरको बोत्तल एउटा वा १२ वटासम्म क्यान बियर ल्याउँदा भन्सार छुट छ भने चुरोट२०० खिल्ली, टोबाको२५० ग्राम र सिगार५० खिल्लीसम्म ल्याउँदा भन्सार तिर्नुपर्दैन ।

त्यस्तै लुगाफाटाहरु, बरबिछ्यौना, कसन तसन, घर गृहस्थीका पुराना सामानहरु ल्याउँदा भन्सार शुल्क लाग्दैन । पेशाकर्मीले आफूले चलनचल्तीमा ल्याएका काम गर्नको निमित्त ल्याएको ज्यावल बढीमा १ सेटसम्म ल्याउन पाइने छ । डाक्टर वा वैद्यले काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजारहरु ल्याउँदा भन्सार तिर्नु नपर्ने भन्सार कार्यालयले जनाएको छ ।

औषधिहरु तथा सम्बन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय सामानहरु, गवैयाको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक सामान, खेलाडीको खेलको सामान, माछा मार्ने रडमा भन्सार तिर्नुपर्दैन ।

त्यस्तै, दश हजार मूल्यसम्मका औषधि (नेपालमा पैठारी गर्न मनाही भएका औषधिहरु बाहेक), ५ हजारसम्मका खानेकुराहरु (टिन प्याक समेत) र दुई हजार रुपैंयाँ मूल्यसम्मका ताजा फलफुल ल्याउँदा कुनै भन्सार शुल्क तिर्न पर्दैन । तर, अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने, जाने विदेशी यात्रुले पछि फिर्ता ल्याउने वा लैजाने शर्तमा यी समानहरु महसुल नतिरी ल्याउँन पाइने व्यवस्था छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com