दसैँ सुरु भएसँगै नयाँ बसपार्कमा यात्रुको चहलपहल बढ्यो


प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार

हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो ।

देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो ।

घटस्थापना सुरु भएसँगै आजदेखि घर जानेमा अधिकांश बालबालिका, विद्यार्थी र बालबालिकाको आमाबाबु रहेका छन् । दसैँ सुरु भएसँगै बालबच्चाको बिदा सुरु भएकाले घर जान हिँडेको अर्घाखाँचीकी देविका पौडेल बताउँछिन् । रोल्पा जानका लागि हिँडेका पवन ओली कक्षा १२ मा पढ्हुछन् । कलेजले बिदा दिएकाले आफू बडादसैँ मनाउन घर जान लागेको उनले सुनाए । दसैँ सुरु भएसँगै आजदेखि लामो दूरीका सवारीसाधन भरिन थालेका छन् ।

सरकारले लामो तथा मध्यम दुरीका यात्रुलाई दसैँमा सहज घर जानका लागि गत असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुला गरेको थियो । छोटो दुरीका सवारी साधनका लागि पनि टिकट बुकिङ खुला भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल लामो तथा मध्यम दूरीमा जाने यात्रुका लागि असोज १ देखि खुला गरिएको टिकट बुकिङमा हालसम्म ७० हजार यात्रुले अग्रीम टिकट लिएको बताए । छोटो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङ खुला भएको छ । काठमाडौँदेखि पोखरा, बाग्लुङ, पर्वत, गोरखा, लमजुङ, रसुवा, धादिङ, नुवाकोटलगायतमा जाने यात्रुका लागि लक्षित गरी अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवं प्रवक्ता डेकनाथ गौतमले गत वर्षको तुलनामा यसवर्ष दसैँमा घर जाने यात्रुको सङ्ख्या बढ्ने बताउँछन् । “दसैँ लगत्तै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएकाले विगत वर्षभन्दा यसवर्ष दसैँमा घर जाने यात्रुको सङ्ख्या बढ्छ”,उनी भन्छन् । महासचिव गौतमका अनुसार यसवर्ष उपत्यकाबाट २० लाखभन्दा बढी यात्रुहरु दसैँ मान्नका लागि बाहिरिन्छन् ।

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर ‘रुट परमिट’ समेत खुला गरेको छ । आजदेखि दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी उक्त व्यवस्था गरेको हो । रुट परमिट खुला गरेसँगै व्यवसायीले यात्रुलाई सहज गन्तव्यसम्म लैजानका लागि परेका छन् ।

महासङ्घका सल्लाहकार एवं पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल यात्रुलाई सहज रुपमा सेवा प्रदान गर्न प्रालिको कोषबाट चालकलाई पैसा दिएर सेवामा समर्पित गराएको बताए । “व्यवसायी आफ्नो सेवामा कटिबद्ध छौँ, वर्षाले बिग्रेका बाटो सरकारले समयमै मर्मतसम्भार गरे यातायात आवतजावतमा सहज हुने थियो”, उनले भने । पश्चिम नेपालसहित अधिकांश व्यवसायीले यात्रुलाई सहज सेवा प्रदान गर्न प्रालिको कोषबाट बजेट विनियोजन गरी सेवामा समर्पित भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, साङ्गा, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताउँछन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com