काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको छ ।
कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।
तोकिएको मिति र समयमा गाडी नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न ट्राफिक प्रहरीले गाडी चालकसँग अनुरोध गरेको छ । न्युरोड क्षेत्रमा दशैँ किनमेल गर्नेहरुको घुइँचो हुने भएकाले ट्राफिक प्रहरीले गाडी प्रवेशमा निषेध गरेको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।