आचारसंहिता इमान्दारीपूर्वक पालना गर्न र गराउन प्रतिबद्ध छौँ : सरकार र दल


प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार

 

नेपाल सरकार र राजनीतिक दलबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालन गर्ने प्रतिबद्धता जाहेर भएको छ ।

निर्वाचन आयोगले प्रधानमन्त्री, गृहमन्त्री र राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन आचारसंहिता पालनाका लागि प्रतिबद्धता लिएको हो ।

प्रतिबद्धतापत्रमा भनिएको छ, “संविधान, निर्वाचन आयोग ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, प्रदेशभा सदस्य ऐन र निर्वाचन आचारसंहिता, २०७९ भएका प्रावधानहरु इमान्दारीका साथ पालना गर्न गराउन हामी प्रतिबद्ध छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिबद्धतापत्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

आयोगले जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सङ्घीय समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीलाई प्रतिबद्धता पत्रमा हस्ताक्षरका लागि आमन्त्रण गरेको थियो । निर्वाचन आचारसंहिता केही दिनभित्रै जारी गर्ने तयारी भइरहेको सन्दर्भमा आयोगले राजनीतिक दललाई बोलाएर प्रतिबद्धता लिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलहरुबाट निर्वाचन आचारसंहिता पालना गर्ने गराउने विषयमा प्रतिबद्धता जाहेर भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता पोखरेलले निर्वाचन आयोगले जारी गर्न लागेको निर्वाचन आचारसंहिताका विषयमा केही सुझाव दिनुका साथै प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

राजनीतिक दलले निर्वाचन प्रचारप्रसारको समय अपुग हुने भएकाले केही समय बढाउन माग गरेको बताइएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेश भइसकेको छ भने पहिलो हुने निर्वाचित हुनेतर्फ भने यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुने निर्वाचन कार्यक्रम छ । प्रतिनिसभा सदस्य २७५ र प्रदेशसभा सदस्यतर्फ ५५० सिटका लागि निर्वाचन हुन लागेको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com