विश्व पर्यटन दिवसका अवशरमा मंगलबार न्युयोर्कको युनियन स्क्वायरमा नेपाली झाँकी


प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार

विश्व पर्यटन दिवसका अवशरमा मंगलबार न्युयोर्कको युनियन स्क्वायरमा नेपाली कला प्रदर्शनी र झाँकीहरु देखाइने भएको छ । न्युयोर्क समय अनुशार दिउसो साढे ४ बजेदेखि विभिन्न नेपाली भेषभुषाका साथ सांस्कृतिक नृत्यहरु, लाखे नाच र कुमारी नाच देखाइने भएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्रोसरहरु वितरण गरिने भएको छ भने हिमाल आरोहीहरुले डेमो समेत देखाउने भएका छन् । न्युयोर्कको म्यानहटनको इस्ट १७ स्ट्रीट, नर्थ प्लाजा युनियन स्क्वायरमा नेपाली कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि हुने कार्यक्रममा सहभागिताका लागि नेपाल पर्यटन बोर्डका पर्यटन दूत प्रदीप श्रेष्ठले सबैलाई अनुरोध गरेका छन् ।

नेपाल पर्यटन बोर्ड को आयोजना साथै कन्सुलेट जनरल अफ नेपाल न्युयोर्क , आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना , युएस नेपाल क्लाइम्बर्स एसोसिएसन र ट्राभल ब्यूरो अफ नेपालको सहकार्यमा कार्यक्रम हुन लागेको हो । भिजिट नेपालको टिसर्टका लागि प्रदीप श्रेष्ठलाई सम्पर्क गर्न सकिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com