कर्मचारीलाई ऊर्जामन्त्रीको आग्रह- ‘कार्यालयमा राजनीति होइन्, पेशागत हकहितका कुरा गर्नुस्’


प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारीलाई कार्यालयमा रहँदा राजनीति नगर्न आग्रह गरेकि छन् । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनको ११ औं एकता अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कार्यालयमा बस्दा पेशागत हकहित र प्राधिकरणको उन्नति–प्रगतिको मात्र कुरा गर्न आग्रह गरेकि हुन् ।

भुसालले आफू राजनीतिबाट आएको बताउँदै कर्मचारीलाई राजनीति गर्न नरोक्ने तर प्राधिकरणमा बस्दा राजनीति गर्न नपाईने बताईन् । उनले आफ्ना आवासिय क्षेत्र तथा भूगोलहरुमा आस्थाका विचारका राजनीतिका मैदानहरु खुल्ला राख्न सुझाईन् । पेशागत हकहित, वृद्धि विकास र विद्युत प्राधिकरणको विकास र जनतालाई दिने राहत, सेवा र सूविधालाई अझ उत्कृष्ट ढंगले लिए विवादित भएर ५ वटा यूनियन बन्न जरुरी नरहेको उनले जिकिर गरिन् ।

“तपाई राजनीति नगर्नुस भन्दिन, म पनि राजनीतिबाटै आएको हो । तर, नेपाल विद्युत प्राधिकरणमा बस्दा नगुर्नहोस् । यहाँ पेशागत हकहितको कुरा गर्नुहोस् । एनईएको उन्नति र प्रगतिको मात्र कुरा गर्नुहोस् । बाहिर जानुस, तपाईका आवासिय क्षेत्रहरु आवासिय भुगोलहरु, तपाईका आस्थाका विचारका राजनीतिका मैदानहरु त्यसलाई खुल्ला राख्नुहोस् ।”- उनले भनिन् , “यहाँ चाहि पेशागत हकहित, वृद्धि विकास र विद्युत प्राधिकरणको विकास र जनतालाई दिने राहत, सेवा र सूविधालाई अझ उत्कृष्ट ढंगले लिनुभयो भने यहाँ विवादित भएर ५ वटा यूनियन बन्न जरुरी छैन् ।”

मन्त्री भूसालले मंसिर ४ गते प्रदेश र संघको चुनावपछि यूनियनको निर्वाचनको घोषणा गर्ने बताउँदै आफूहरुलाई ४–५ जना नेता नचाहिएको उल्लेख गरिन् । उनले आधिकारीक रुपमा एउटा यूनियनमात्र बनाउन आग्रह गर्दै ६–७ वटा यूनियनका भेलाहरुमा जान बाध्यता हटाउन आग्रह समेत गरिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भनिन्, “मंसिर ४ गते प्रदेश र संघको चुनाव आईसक्यो, चुनाव लगत्तै सम्भव भयो भने म अर्को नयाँ सरकार नबन्दैको बीचमा ४ गतेको निर्वाचनपछि सम्झव भएछ भने मैले व्यवस्थापनमा बोर्डमा सल्लाह गरेर निर्वाचनको घोषणा गर्नुस् । हाम्लाई ४–५ जना नेता यूनियनमा चाहिएको छैन्, एउटा नेता भए पुग्छ । हाम्रा साथीहरुको ६–७ वटा यूनियनका भेलाहरुमा जान नपरोस् । आधिकारीक रुपमा एउटा यूनियन, त्यो यूनियनको कार्यक्रममा मात्र जाने स्थिति सिर्जना होस् । सक्नुहुन्छ भने सबै मिलेर एउटा यूनियन बनाउनुहोस् ।”

मन्त्री भुसालले कर्मचारीको वृद्धि विकास, पेशागत हकहित , सुविधा र राहतको निम्ति सरकार सचेत र संवेदनशील रहेकोे स्पष्ट पारिन् । उनले विद्युत प्राधिकरणको नाफा बढ्दै गएको बताउँदै योगदान दिने कर्मचारीहरुलाई धन्यवाद दिँदै थप परिस्कृत भएर काम गर्नुपर्नेमा जोड दिईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com