अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त


प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार

सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त शहर बनेको छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ । राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुँदा अस्तव्यस्त बनेको छ ।

वीरेन्द्रनगरका व्यस्त बजारका सडक छेउछाउमा अव्यवस्थितरूपमा पार्किङ गरिएका सवारी साधनका कारण धेरैले दुःख पाएका छन् । पार्किङ क्षेत्र अभावको कारण देखाउँदै सवारी चालकले मनपरी ढङ्गले फुटपाथमा पार्किङ गर्दै आएका छन् । फुटपाथमा पार्किङ गर्ने बढ्दो प्रवृत्तिले पैदलयात्रीलाई निकै नै सास्ती हुने गरेको छ ।

पार्किङका लागि मुख्य बजार तथा राजमार्गमा नो पार्किङ लेखिएका साइन बोर्डहरु नहुँदा बजार क्षेत्रभित्र यातायातका साधन जथाभावी पार्किङ हुने गरेका छन् । व्यवस्थित पार्किङमात्र नभई समयमै फोहोर सङ्कलन नहुँदा चोकचोकमा फोहोरको डुङ्गुर लाग्ने गरेको छ । वीरेन्द्रनगरमा ढल निकास, फोहोर मैला र अस्तव्यस्त पार्किङले नगर कुरूपजस्तै बन्दै गएको छ ।

फोहोर मैला र अव्यवस्थित पार्किङले गर्दा बजारको सौन्दर्यमा कमी आएको नगरपालिकाको बुझाइ छ । ढल निकास, ट्राफिक व्यवस्थापन तथा व्यवस्थित बनाउन नगरपालिका लागिपरेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले ढल निकासको व्यवस्थापनका लागि स्थानीय सरकार लागिपरेको बताउँदै बजार क्षेत्रभित्रका सडकमा भइरहेको अव्यवस्थित पार्किङलाई हटाएर नगरलाई व्यवस्थित गरिने जानकारी दिनुभयो । फोहोरमैला, ढल निकास तथा ट्राफिक ब्यवस्थापनमा स्थानीय सरकार मात्रै नभई प्रदेश सरकारले पनि बेलैमा ध्यान पु-याउन आवश्यक रहेको नगरप्रमुख ढकालको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com