भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न नौ जना सार्वजनिक


प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार

भुटानी शरणार्थी लालबहादुर गुरुङको हत्यामा संलग्नलाई प्रहरी पक्राउ गरी आज ९शुक्रबार ०सार्वजनिक गरेको छ ।

झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी क्याम्पमा बस्ने ४४ वर्षीय एल।बि।भन्ने लालबहादुर गुरुङलाई १०÷१२ जना अपरिचित व्यक्तिहरूले खुकुरी, ढुङ्गा प्रहार गरि खुट्टाको छिपारी, घुँडा र दाहिने कुममा काटी गम्भीर घाइते बनाई फरार भएका थिए ।

गुरुङको उपचारको क्रममा झापाको विएण्डसी अस्पतालमा मृत्यु भएको थियो । इलाम र झापाको सीमास्थित चुलाचुली–५ मा पर्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक गत बुधवार भएको घटनामा संलग्न ९ जनालाई पक्राउ प्रहरीले गरेको छ ।

धारिलो हतियार र ढुङ्गा प्रहार गरि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका इलामका शिब हिङहाङ भन्ने २५ वर्षीय नरेन्द्र दर्जी, २९ वर्षीय नरेश कुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसेयाङ याखा, ३३ वर्षीय चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, टिका भनिने ३० वर्षीय नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ ९नेपाली० र २९ वर्षीय पर्शु राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घट्नाभन्दा तीन दिन अगाडी असोज २ गते लाल बहादुर गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेकाले बदला लिन आरोपीहरूले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको इलामका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com