नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल एमालेमा प्रवेश, उम्मेदबार बनाउने तयारी


प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार

नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्।

एमालेले खनाललाई बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट उम्मेदवार बनाउने तयारी गरेको छ । ओली प्रधानमन्त्री हुँदा प्रहरी प्रमुख रहेका खनालले २०७६ माघ २८ गते उनले अवकास पाएका थिए। अवकासको करिब तीन वर्षपछि उनी राजनीतिक दलमा आवद्ध भएका छन्।

नेपाल प्रहरीको नेतृत्वमा रहँदा खनाले संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सफल भएका थिए । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरी संगठनले खनालको नेतृत्वमा समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सफल भएको थियो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अवधारणा विकास गरेर सफलतापूर्वक लागू गर्न सफल खनालले देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रहरी संगठनको छवि राम्रो बनाउन सफल भएका थिए । सर्वेन्द्रको कार्यकालमा आएको सुधारपछि अमेरिकाले नेपाललाई आतंककारीको क्रिडास्थलबाट हटाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१५ देखि सन् २०१८ सम्मको रिपोर्टमा अमेरिकाले नेपालमा इन्डियन मुजाहिद्दिनले आफ्नो क्षेत्र नेपालसम्म विस्तार गरेको र नेपाल इन्डियन मुजाहिद्दिनको सबैभन्दा ठूलो हब भएको उल्लेख गर्दै आएको थियो । तर सन् २०१९ भरको अवधिको रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाले नेपाललाई आतंकवादीको क्रिडास्थल र मुजाहिद्दिनको हबबाट हटाएको थियो ।

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नेतृत्वमा आइसकेपछिको सुधारपछि अमेरिकाले नेपाललाई आतंककारीको क्रिडास्थल र इन्डियन मुजाहिद्दिनको हबबाट हटाएको थियो । खनालको नेतृत्वमा नेपाल प्रहरीले सन् २०१९ भरमा सुरक्षाका क्षेत्रमा उल्लेख्य कामहरु गरेको थियो ।

गलत काम गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने संस्कार विकसित गरेका खनालको अभियानले संगठनमा नयाँ आशा र उत्साह थप्न सफल भएको थियो ।

मानव बेचबिखन र साइबर अपराधको बढ्दो चुनौतीलाई सम्बोधन गर्न खनालले विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो, महानरीय प्रहरी अपराध महाशाखा, साइबर ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो इकाइलाई प्रभावकारीरूपमा अगाडि बढाएका थिए ।

बेरुजु फछ्र्योटमा गृह मन्त्रालय र अन्तर्गतका कार्यालयमा सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएकामा मन्त्रीस्तरीय निर्णयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत समेत गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com