राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिबारे चिनियाँ फोरममा आज सम्बोधन गर्दै


प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको असंलग्न परराष्ट्र नीतिबारे एक चिनियाँ फोरममा आज सम्बोधन गर्दैछन् । राष्ट्रपति कार्यालयका अनुसार चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्टले आयोजना गर्ने सम्मेलनमा भण्डारीले ‘प्रि रेकडेर्ड’ भिडिओ सन्देश दिन लागेकी हुन्। उनले असंलग्न परराष्ट्र नीति, पञ्चशील र विश्व शान्तिमा योगदानबारे बोल्ने राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । सम्बोधन लिखित हुनेछ ।

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपतिलाई उक्त सम्मेलनका लागि निमन्त्रणा पठाएको थियो। ‘परराष्ट्र मन्त्रालयले पठाएको निमन्त्रणाबमोजिम राष्ट्रपतिले उक्त सम्मेलनमा भिडिओ सन्देश दिन लाग्नुभएको हो। केही दिनअघि मात्रै यसबारे जानकारी पाएका हौँ’, ढकालले भने।

उनले सरकारका तर्फबाट सम्मेलनमा सहभागी नहुन कुनै पनि खालको आग्रह नगरिएको बताए। ‘केही मिडियामा भनिएजस्तो राष्ट्रपतिलाई उक्त सम्मेलनमा भाग नलिन सरकारका तर्फबाट कुनै आग्रह गरिएको छैन’, ढकालले भने।

उक्त सम्मेलनमा चीनले अघि बढाएको ग्लोबल सेक्युरिटि इनिसियटिभबारे पनि छलफल हुने बताइएको छ। यद्यपि चीनको उक्त इनिसियटिभमा नेपालले अहिलेसम्म सहमति जनाएको छैन। सैन्य गठबन्धनको झल्को दिने खालको उक्त अवधारणामा नेपाल सहभागी हुनु उपयुक्त नहुने सरकारी बुझाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग चीन भ्रमणका क्रममा डेढ महिनाअघि भएको छलफलमा नेपाल ग्लोबल सेक्युरिटि इनिसियटिभमा आबद्ध हुन नसक्ने बताएका थिए।

‘हामी कुनै पनि सैन्य गठबन्धनमा जाँदैनौं। असंलग्न परराष्ट्र नीति नै हाम्रो मूलमन्त्र हो’, उनले भनेका थिए। उनले अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिअन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल बाहिरिसकेको पनि बताएका थिए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com