उपचारका लागि काठमाडौँ जान गरिएको आग्रह डा केसीद्वारा अस्वीकार


प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार

गत नौ दिनदेखि धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीले थप उपचारका लागि काठमाडौँ जानुपर्ने भनी गरिएको आग्रह अस्वीकार गर्नुभएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको स्काइ ट्रक (जहाज) आज धनगढी पुगेको भए पनि उहाँले काठमाडौँ जान अस्वीकार गर्नुभएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँको स्वास्थ्य बचाउनुपर्ने छ, तर उहाँले काठमाडौँ नजाने अडान राखिरहनुभएको छ ।”

चिकित्सा शिक्षाको सुधारको माग गर्दै बीसौँ पटक धनगढीको गीत सत्सङ्ग भवनमा उहाँ अनशन बस्नुभएको थियो । स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि उहाँलाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको थियो ।

अस्पतालका फिजिसिएन डा शेरबहादुर कमरले डा केसीलाई श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मुटुको धड्कन बढ्ने, तौल घटेको, थकान महसुस हुनेजस्ता स्वास्थ्य समस्या देखिएको जानकारी दिनुभयो । उहाँको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई प्रेसर कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा देखिएपछि अस्पतालले उहाँलाई बहुविशेषज्ञ भएको विशिष्ट अस्पतालमा स्थानान्तरण गर्न स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन, मानवअधिकार आयोगलगायतलाई सोमबार जानकारी गराएको थियो ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा उहाँले मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक कुनै पनि पदार्थ लिन निषेध गर्नु भई स्वास्थ्य अवस्था जोखिममा पर्ने खतरा देखिएकाले विशिष्ट अस्पतालमा स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ । यसैबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आजै अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । त्यस क्रममा मन्त्री बोहराले प्रदेश सरकारको क्षेत्राधिकार पर्ने माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com