तीन वर्षभित्रमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने सरकारको लक्ष्य


प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्रमा सबै सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा गरेका कामहरु सार्वजनिक गर्दै मन्त्री देवेन्द्र पौडेलले हालसम्म २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार तुलनात्मक रुपले सम्पन्न भएको जानकारी दिए ।

मन्त्री पौडेलले भने- ‘भौतिक पूर्वाधार क्रमिक सुधार भईरहेको छ । २७ हजार सार्वजनिक विद्यालयहरु मध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार तुलनात्मकरुपमा बनेको छ । कम्पिल्ट भयो भन्ने होइन् ।’

मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार, भुकम्प प्राधिकरण, स्थानीय र प्रदेश सरकार, भारतीय दुतावासर अन्य विभिन्न दातृ निकायबाट झण्डै १३ हजार विद्यालय भवनहरु मोटामोटी बनाएको जिकिर गरे । ‘राष्ट्रपति शैक्षिक सुधार, भुकम्प प्राधिकरण, स्थानीय र प्रदेश सरकार, कतिपय भारतीय दुतावासबाट, अरु विभिन्न दातृ निकायबाट झण्डै १३ हजार विद्यालय भवनहरु मोटामोटी बनाएका छौं ।’- उनले भने, ‘२७ हजारमध्ये अरु बनाउन बाँकी छ । हामीले ती बाँकी विद्यालयहरु तीन वर्ष भित्रमा बनाउने लक्ष्य लिएका छौं ।’

उनले आगामी तीन वर्षभित्रमा बाँकी विद्यालयहरु बनाउने र त्यसको साथसाथै शौचालय, घेराबार, छुटपुट भएका विद्यालयका टिन, जस्तापाता हाल्न पहाडी र हिमाली जिल्लाहरुमा विद्यालयको नक्सांकन सुरु बताउँदै गरेको तीन वर्ष भित्रमा भौतिक पूर्वाधार बनाईसक्ने सरकारको लक्ष्य रहेको बताए । मन्त्री पौडेल भने, – ‘विद्यालय भवन वरिपरी न्यूनतम विद्यार्थीलाई शैक्षिक वातावरण हुनको निम्ति शौचालय, घेराबार, छुटपुट भएका विद्यालयका टिन, जस्तापाता हालेर पहाडी र हिमाली जिल्लाहरुमा विद्यालयको नक्सांकन सुरु भएका छौं ।’- उनले थपे, ‘सोही अनुसार के के बनाउन आवश्यक छ भनेर लक्ष्य लिएका छौं र तीन वर्ष भित्रमा भौतिक पूर्वाधारहरु भनेजस्तो त नहोला तर, बनाईसक्ने लक्ष्य लिएका छौं ।’

शिक्षण सिकाईमा सुधार ल्याउनको निम्ती शिक्षालाई सेवाको रुपमा लिनुपर्नेमा जोड दिए । उनले शिक्षामा लाग्नेहरु सेवालाई मुख्य विषय ठानेर जागिरको रुपमा नभई सेवाको रुपमा अगाडी बढाउन शिक्षक महासंघ, मन्त्रालय, स्थानीय पालिका महासंघ, नगरपालिका महासंघ र सम्बन्धित शिक्षा विज्ञहरुसँग निरन्तर संवादमा रहेको उनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com