विदेशबाट घर फर्कंदा कुन-कुन सामान ल्याउँदा लाग्दैन भन्सार ?


प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार

त्यसो त चार्डपर्व सुरु भईसकेपछि विदेशीएका नेपालीहरु जन्मभूमीमा फर्कने जारी नै रहन्छ । विदेशीएका नेपालीहरुले नेपाल पक्रने क्रममा थुप्रै सामान बोक्ने र विमानस्थलमै छाड्नुपर्ने बाध्यता पनि अधिकांशको रहन्छ ।

नबुझिँ थुप्रै सामानहरु नेपाल ल्याउँदा नेपालीहरु समस्यामा पनि पर्ने गरेका छन् । त्यसैले नेपाल फर्कनेहरुले विचार पुर्याउनुपर्ने हुन्छ । पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ ।भन्सार लाग्ने र छुट भएका समान तथा वस्तुका बारेमा विदेशबाटै जानकारी लिएर मात्र फर्कन आग्रह समेत गरेको छ ।

के ल्याउँदा भन्सार लाग्दैन ?

विदशेबाट फर्किने अधिकांशले मोबाईल फोन, सुनचाँदीका गहना, ल्यापटप, कम्प्यूटर, टिभी, घडी, क्यामेरा लगायतका सामग्री साथमा लिएर फर्किने गरेको पाइन्छ । यसरी मनलाग्दी तरिकारले समान ल्याउँदा जफत हुने तथा महँगो भन्सार पनि तिर्नुपर्ने हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशबाट फर्कदा १ लिटरसम्म रक्सी मात्र ल्याउन पाईन्छ । चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ ।

ल्यापटप, कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा,सेलुलर र पेनड्राइभ १/१ थान ल्याउनेका हकमा सरकारले भन्सार छुट दिएको छ । बच्चा राख्ने ‘पेराम्बलेटर’ र ‘ट्राइसाइकल’ १- १ वटा ल्याउँदा पनि भन्सारमा छुट दिएको छ । वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बसेर फर्किंदा ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । एक थानसम्म नयाँ मोबाइल ल्याउँदा भन्सार लाग्दैन ।

डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १÷१ थान ल्याउन पाईनेछ । निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनका सामग्री ल्याउन भन्सार लाग्दैन ।

औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने सामग्रीमा पनि भन्सार छुट छ । सात किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन । यात्रुको अवस्था, परिवार संख्या, विदशेमा व्यतित गरेको अवधि लगायतलाई ध्यानमा राखेर भन्सार अधिकारीले औचित्य हेरेर तोकिएभन्दा बढी परिमाणका वस्तु रहेछन् भने छोडिदिन सक्ने व्यवस्था छ ।

६ महिनाभन्दा बढी र एक वर्षसम्म विदेश बसेर फर्किएकाहरुले १५ हजारसम्म र एक वर्षभन्दा बढी बसेर फर्किएमा २५ हजार रुपैयाँसम्मको मूल्यको विभिन्न वस्तुहरु तोकिएको परिमाणमा ल्याएमा भन्सार प्रज्ञापनपत्र नभरी छुट्टै अभिलेख राखेर जाँचपास गर्ने व्यवस्था छ । यो सुविधा अन्तरगत म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो र १/१ थान ल्याउन सकिन्छ ।

शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायत १५ थान, घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थान, पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने सामान २–२ थान र दश किलोग्रामसम्मको खाद्यान्न ल्याउँदा पनि यही नियम लागू हुनेछ ।

यस्तो छ, सुनचाँदीको व्यवस्था
सुनका गहना ल्याउँदा १०० ग्रामसम्मको भन्सार शुल्क तिर्नुपर्दैन। ५० देखि सय ग्रामसम्मको प्रति १० ग्रामको ९ हजार ५००, ५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ कर लाग्नेछ । यसअनुसार थप ५० ग्रामका लागि ५२ हजार ५०० रुपैयाँ भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com