निर्वाचन आयोगमा ठूला दलहरुले बुझाए समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची


प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार

आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउन दलहरुले निर्वाचन आयोग पुगेर बुझाएका छन् । आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।

सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएका हुन् ।

शर्मा भन्छन्, “संविधान दिवसको अवसरमा निर्वाचन आयोगले बनाएको तालिका अनुसार समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्न आएका छौं । केही बेर भित्र बसेर नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष र समानुपातिक दुवैको सूचि बनाउँदै गर्दा समानुपातिकतर्फ ११० जनाको र सातै प्रदेशको सूचि नेपाली कांग्रेस संसदीय बोर्डले गरेको निर्णयलाई आजै बसेको केन्द्रिय सम्पादक समितीको बैठकले अनुमोदन गरेर सूचि बुझाएका छौं । आजबाट संविधानले अनुमोदन गरे बमोजिम तपाई हाम्रो चाहाना बमोजिमको लोकतान्त्रिक प्रक्रियाको महान अभियान सुरु भएको छ । प्रतिष्पर्धाकम त गई नै रहेका छौं ।”

त्यस्तै, नेकपा (एमाले)ले पनि प्रतिनिधि र प्रदेशसभातर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो । उनले भने, ” हामीले सातवटै प्रदेशमा २२० जना प्रदेश सभा र ११० जना प्रतिनिधि सभाको लागि सबै डकुमेन्ट पुरा गरेर आएका छौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा (माओवादी केन्द्र)ले पनि आयोजमा बन्दसूची बुझाएको छ । माओवादीकै चुनाव चिह्नमा निर्वाचन लड्न लागेका डा.बाबुराम भट्टराईको पार्टीबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधि सभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको जानकारी दिए ।

” नियम अनुसार ११० सिट समनुपातिकतर्फ पठाउनुपर्छ । कानूनले तोकेको क्लस्टर अनुसार पठाउने हो । शीर्ष नेताहरु कता के भन्ने कुरा प्रत्यक्षतर्फको फाईनल भएपछि थाहा हुन्छ ।”- उनले भने ।

नेकपा (एकीकृत समाजवादी) ले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर (एकीकृत समाजवादी)का नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएका हुन् ।

उनी भन्छन्, “हामी आफ्नो पार्टीको तर्फबाट उम्मेद्वारी दिन आएका छौ. । राजनीतिक दलहरु लोकतन्त्रमा निर्वाचनका लागी होमिने र उत्साहित हुने भनेको राम्रो कुरा हो । हामीले सात वटै प्रदेश र प्रतिनिधि सभाको निम्ती तयारी गरिरहेका छौं । सात वटै प्रदेशका लागि रकम पनि बुझाईसकेका छौं । हरेक प्रदेशका लागी २५ हजारको दरले दस्तुर बुझाएका छौं ।”

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि बन्दसूची बुझाएको छ । लोसपाले प्रतिनिधिसभामा पुरै ११० र मधेस प्रदेशमा पुरै लिष्ट बुझाए पनि अन्य प्रदेशमा केही कम सूची बुझाउने आयोग पुगेका लोसपा नेता केशव झाले जानकारी दिए ।

उनले भने, “प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ करिब २०० उम्मेदवारको सूची बुझाइएको छ । शीर्ष नेताहरू सबै प्रत्यक्षमा चुनाव लड्नुहुन्छ । प्रदेशसभातर्फ समानुपातिकमा सबै प्रदेशका लागि बन्दसूची बुझाइएको छ ।”

जनता समाजवादी पार्टी (जसपा)ले पनि निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका छ । जसपाका अध्यक्ष उपेन्द्र यादव आफै बन्द सुची बोकेर आयोग पुगेका थिए ।

त्यसैगरी, सोमबार राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाएको छ । पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । आज आयोगमा बुझाएका र १६ गतेसम्ममा आएका विवरणको जाँचबुझपछि असोज २२ गते आयोगले सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com