नेपालको संविधान दिवसमा अमेरिकी विदेशमन्त्रीको शुभकामना – ‘दुईदेशको सम्बन्ध जनता जनताबीचको’


प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालको संविधान दिवसको अवशरमा शुभकामना दिएका छन् । ब्लींकेनले भनेका छन् – ‘अमेरिकाको जनता र सरकारको तर्फबाट सेप्टेम्बर १९ का दिन संविधान दिवस मनाउने क्रममा नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्दछु।’

नेपालीहरूले अमेरिकाको सामाजिक र आर्थिक संरचनाको धेरै भागहरूमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै ब्लींकेनले अमेरिका र नेपालबीच जनता जनताबीचको बलियो सम्बन्धले दुईदेशलाई बाँध्ने बताएका छन् ।

उनले भनेका छन् – ‘यो वर्ष हामीले कूटनीतिक सम्बन्ध र बलियो सम्बन्धको ७५ वर्ष मनाउँदै छौं। यो एक मित्रता हो जुन मलाई विश्वास छ कि आगामी ७५ वर्ष र त्यसपछिको अवधिसम्म सुदृढ रहिरहनेछ ।’

‘यस विशेष अवसरमा म अमेरिकी जनताको तर्फबाट सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’ –  ब्लींकेनले भनेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com