बल्ल पाए नेपाली कलाकारले अमेरिकी भिसा


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछिका तीनमहिनाको विश्लेषण गर्दा मार्च र अप्रिलमा कुनै पनि नेपाली कलाकारहरुले अमेरिकाको पी थ्री भिसा पाएका थिएनन् । तर मे महिनामा भने १२ जना नेपाली कलाकारहरुले अमेरिकाको पी थ्री भिसा पाएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछिको पहिलो महिना फरबरीमा कतिजना नेपाली कलाकारले पी थ्री भिसा पाए भन्नेबारे अमेरिकी सरकारले तथ्यांक उपलब्ध नगराएपनि मार्चदेखिको तथ्यांक भने उपलब्ध गराएको छ । तर फरबरीमा पनि कुनै नेपाली कलाकारले अमेरिकाको पी थ्री भिसा पाएको विवरण प्राप्त भएको छैन ।

तथ्यांकमा मार्च र अप्रिलमा कुनै पनि नेपाली कलाकारले पीथ्री भिसा पाएको उल्लेख छैन । तर मे महिनामा भने १२ जना नेपाली कलाकारहरुले अमेरिकाको भिसा पाएका छन् । उनीहरुमध्ये सबैजनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा पाएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com