साउदी, इजिप्ट र युएइमा कार्यरत नेपाली सुरक्षित


प्रकाशित मिति : असार २२, २०७४ बिहीबार

उपप्रधानमन्त्री कृष्णबहादुर महराले खाडी मुलुकका तीन राजदूतसँग आज भएको शिष्टाचार भेटवार्तामा ती मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिँदै त्यहाँ नेपालीले सुरक्षित रुपमा काम गर्न पाउनुपर्ने बताउनुभएको छ ।

परराष्ट्रमन्त्री महराले कतारमा देखिएको कूटनीतिक समस्यालाई शान्ति र वार्ताका माध्यमबाटै समाधान हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण तवरले हामीले हाम्रा समस्या समाधान गरौँ, यहाँहरुको समस्या पनि वार्ताका माध्यमबाटै हल गर्नुहोस् ।” नेपाल कुनै पनि किसिमका आतङ्कवादका पक्षमा नरहेको स्पष्ट पार्दै उपप्रधानमन्त्री महराले खाडी मुलुकमा देखिएका समस्याका कारण त्यहाँका कुनै पनि मित्र राष्ट्रसँग नेपालको सम्बन्धमा समस्या हुँदैन भन्नुभयो ।

सो अवसरमा साउदी अरबका राजदूत अब्दुलनासेर हुस्सेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नबिल अब्देलफताह हेल्मी र संयुक्त अरब इमिरेट्सका कावा राजदूत हइथम अलले संयुक्त रुपमा कतारसँग गरिएको सम्बन्धबिच्छेदको जानकारी गराउनुभयो ।

इजिप्टका राजदूत हेल्मीले कतारसँग सम्बन्धबिच्छेद गर्नुपरेका कारणबारे जानकारी गराउँदै भन्नुभयो, “कतारले मुस्लिम ब्रदरहुडलाई वित्तीय सहयोग गरेर आतङ्कवादलाई संरक्षण गरेको छ । अलजजिरा नेटवर्क जनताका विरुद्धमा छ ।” साउदीका राजदूत हल–हार्थीले साउदी, इजिप्ट र युएइमा कार्यरत नेपाली पूर्ण रुपमा सुरक्षित रहेको र तिनको दैनिकीमा कुनै समस्या नआउने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच परराष्ट्रमन्त्री महराले आजै नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकसँग भएको शिष्टाचार भेटमा दक्षिण कोरिया दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को पर्यवेक्षक राष्ट्र भएका कारणले दुई देशबीचको घनिष्ठता अझै बलियो भएको र आर्थिक एवम् जनस्तरमा पनि महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

सो अवसरमा राजदूत पार्कले कोरियामा गएर नेपालीले पैसा कमाउनाका साथै कोरियाको विकास निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष ३० देखि ३५ हजार कोरियाली नेपाल आउने गरेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा आपसी सहयोग आदानप्रदान गर्न सकिने धारणा राख्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com