अमेरिकामा जेल पेमेन्टबाट आफ्नै एकाउन्टमा रकम पठाउन लगाएर ठग्नेहरु सकृय


प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार

Zelle payment person holding black android smartphone

अमेरिकामा जेल पेमेन्ट (Zelle®) बाट आफ्नै एकाउन्टमा रकम पठाउन लगाएर ठग्नेहरु सकृय भएका छन् । बैंक अफ अमेरिकाले ठगहरु सकृय रहेको भन्दै ग्राहकहरुलाई सचेत गराएको छ ।

जेल आफूले चिन्ने र विश्वास गर्ने मानिसहरूलाई पैसा पठाउने र प्राप्त गर्ने छिटो र सजिलो तरिका हो। अहिले यही तरिका अपनाएर ठगहरुले निशाना बनाइरहेका छन् । बैंक अफ अमेरिकाले जेल प्रयोग गरेर पैसा पठाउनका लागि कोहीपनि ग्राहकलाई अनुरोध नगर्ने वा फ्रड समाधानका लागि कोडहरु नमाग्ने स्पष्ट पारेको छ ।

कसरी निशाना बनाइरहेका छन् ठगले ?

तपाईंले फोनमा मेसेज प्राप्त गर्नुहुन्छ जसमा तपाईंको बैंकबाट असामान्य गतिविधिको बारेमा फ्रड चेतावनी जस्तो देखिन्छ। यो मेसेज ठगहरुले नै पठाएका हुन्छन् । मेसेजमा तपाईले फलानो स्टोरबाट यो रकम तिरेर सामान किन्नुभएको हो ? भन्ने प्रकारको विवरण उल्लेख हुन्छ । उदाहरणका लागि तपाईले मेसिज स्टोरबाट ५ सय डलरको सामान किन्नुभएको हो ? भनेर प्रश्न सोधिएको हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईंले यो मेसेजको जवाफ दिनुभयो तपाईं अब ठगको जालोमा प्रवेश गर्नुभयो । तपाईले बैंकबाट आएको जस्तो देखिने नम्बरबाट कल प्राप्त गर्नुहुनेछ । कलर आइडीमा बैंककै नम्बर देखिएपनि यो ठगहरुले नक्कली कलर आईडी बनाएर गरेको नम्बर हो ।

फोनमा उनीहरुले आफू बैंकको प्रतिनिधि भएको बताउँछन् । उनीहरुले तपाईंलाई जेल आफ्नै एकाउन्टमा पैसा पठाउन लगाएर ठगी रोक्न मद्दत गर्ने प्रस्ताव गर्नेछन्। यो प्रस्ताव मान्नुभएको खण्डमा तपाई ठगिनबाट अझ नजिक पुग्नुभयो ।

उनीहरुले तपाईको नम्बर वा इमेल नै प्रयोग गरेर आफ्नो जेल एकाउन्ट सेटअप गर्न प्रयास गर्छन् । त्यो बेला बैंकबाट तपाईको फोनमा एउटा कोड आउँछ । यो कोड चाँही बैंकले नै पठाएको हुन्छ । किनभने ठगले तपाईको नम्बर वा इमेल प्रयोग गरिसकेकाले प्रमाणिकरणका लागि बैंकले यो कोड पठाउँछ ।

उनीहरुले यो कोड माग्छन् । यदि तपाईंले तिनीहरूलाई यो कोड दिनुभयो ठगहरुले तपाईंको इमेल वा फोन नम्बर प्रयोग गरेर आफ्नो बैंक खाता जेलमा दर्ता गर्नेछन् । त्यसपछि उनीहरुले तपाईकै फोन नम्बर वा इमेलमा पैसा पठाउन लगाउनेछन् । तपाईले जेलबाट आफ्नै इमेल वा फोन नम्बरमार्फत पैसा पठाउनुभएको खण्डमा उक्त रकम अब उनीहरुको खातामा जानेछ ।

यस्तोप्रकारको ठगीबाट बच्नका लागि बैंककै नम्बरबाट आएको कलर आईडीलाई पनि विश्वास नगर्नुहोला । तपाईले कसैले फोनमा आएको कोड मागेमा उक्त कोड नदिनुहोला । तत्कालै दवावमा कुनै कदम नचाल्नुहोला । फोन काटेर तपाईले आफै बैंकमा फोन गर्नुहोला । तपाईले आफै बैंकमा फोन गरेर यसबारे बुझ्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com