माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत रेन्डी बेरीबीच बिदाई भेट


प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेट गर्दै अध्यक्ष प्रचण्डले बेरीलाई बिदाई समेत गरेका छन् ।

भेटवार्तामा प्रचण्डले राजदुत बेरिको सफल कार्यकालको कामना गर्दै बधाई समेत दिएका थिए । नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि प्रचण्डले धन्यवाद समेत ज्ञापन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपालका लागि अमेरिकीको राजदूत बेरीको गत वर्ष नै कार्यकाल सकिएको थियो । तर, एमसीसी अनुमोदन गर्न थप पहलकदमी गर्नुपर्ने भएकाले उनको म्याद थपिएको थियो । रेन्डी बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएका छन् । नेपालका लागि भने अमेरिकी राजदूतमा डीन थम्पसन सिफारिस भइसकेका छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com