घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल


प्रकाशित मिति : भाद्र २७, २०७९ सोमबार

वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताउनुभयो ।

“स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि वीर अस्पतालले राजस्व कार्यालयमा कर दाखिला गर्दै आएकामा अहिले पनि त्यसै गरिरहेका छौँ, राजस्व कार्यालयमा बुझाउने कर महानगरपालिकामा परिवर्तन गर्न पत्र नआएका कारण पहिले जसरी नै तिरेको देखिन्छ”, उहाँले भन्नुभयो ।

दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेको उल्लेख गर्नुुहुँदै सूचना अधिकारी मिश्रले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुनसक्ने सुनाउनुभयो ।

वीर अस्पतालको भवनमा विसं २०७२ देखि फार्मेसी सञ्चालन गर्दै आउनुभएका नवराज खनाल घरबहाल कर अस्पताललाई नै बुझाउने गरेको बताउनुहुन्छ । महानगरपालिकाले घरबहाल कर नपाएको सूचना सार्वजनिक गरेपछि आफूहरूले पनि यस विषयमा अस्पताल प्रशासनलाई जानकारी गराएको उहाँले सुनाउनुभयो । अस्पतालसँग वार्षिक सम्झौता गरी भाडा र कर बुझाउने गरेको व्यवसायी बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अव्यवस्थित अस्पताल

अस्पतालमा उपचारका लागि आउने बिरामीले भने वीर अस्पताल अव्यवस्थित भएको गुनासो गरेका छन् । टिकट लिने स्थल, प्रयोगशाला र बहिरङ्ग विभागसमेत अस्तव्यस्त रहेको उपचारका लागि आउनुभएका नुवाकोटका आइते तामाङले गुनासो गर्नुभयो । अस्पताल पहिलेभन्दा अव्यवस्थित भएको उहाँको भनाइ छ ।

नयाँ बनेको भवन विसं २०७८ असारमा उद्घाटन गरेको शिलालेख रहेकामा भित्रका संरचना बिग्रिएको भेटिएको छ । नयाँ बनेको अस्पताल भवनको शौचालयमा पानीको धारा भाँचिएको, पानी पास नहुनेलगायत समस्या देखिएको बिरामीका आफन्तको गुनासो छ । सूचना अधिकारी मिश्र भने बिरामी र सँगै आउने गरी दैनिक करिब छ हजार मानिसको आवतजावत हुने गरेकाले अव्यवस्थित भएको हुनसक्ने बताउनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com