अध्यागमन विभागले बलात्कारआरोपी सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ ।
प्रहरीले पत्राचार गरेपछि अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेको डीआईजी श्याम ज्ञवालीले बताए ।त्रिभुवन विमानस्थल प्रहरी प्रमुख रहेका ज्ञवालीले सन्दीप नेपाल फर्किएपछि अध्यागमनले कालोसूचीमा रहेका कारण प्रहरीलाई खबर गर्न सक्ने बताए ।
‘कालो सूचीमा रहेको देखिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्न सक्छ’, उनले भने ।क्यारेबियन प्रिमियर लिग (सीपिएल) क्रिकेट खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपले दुई दिनअघि आफू केही दिनभित्र नेपाल फर्कने उल्लेख गरेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।