गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिहीन, सिट बाडँफाँडको टुंगो भोलि लगाउने दाबी (भिडियो)
प्रकाशित मिति : भाद्र २६, २०७९ आईतबार
काठमाडौं । सत्तारुढ गठबन्धनमा सिट बाडँफाँडको टुंगो लगाउन बसेको शिर्ष नेताको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी निर्वाचनको लागि गठबन्धनभित्र सिट बाडँफाँडको टुंगो लगाउन बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा कार्यदलले रिपोर्टिङ गरेका विषयमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताए । उनले आजको बैठकमा केही कुरा मिलिसकेको र केही मिलाउन बाँकी रहेको जानकारी दिँदै भोलिको बैठकले सबै विषयका टुंगो लगाउने जानकारी दिए ।
‘कार्यदलले अहिलेसम्म गरेका कुराहरुको बारेमा त्यहाँ रिपोर्टिङ भयो । रिपोर्टिङ भइसकेपछि कैयौं कुराहरु मिलिसकेको र कैयौं कुराहरुमा मिलाउन बाँकी रहेको यो कुराहरु रिपोर्टिङ भएको छ ।’- खनाल भने, ‘त्यो आधारमा हामी भोलि बसेर यी सबै कुराहरुको टुंगो गर्ने भनेर निर्णय गरेका छौं । भोलि बिहान ८ बजेदेखि हामी बैठक बस्छौं ।’
अर्को बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ । गठबन्धनका दलहरुले आ–आफ्नो अठान नछोडदा सिट बाडँफाँडमा समस्या भएको बताईएको छ । गठबन्धनमा कांग्रेसले एक सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।
भिडियो :






