‘पहाडमा खान नपुगेर चितवन झरेको म दुईपटक प्रधानमन्त्री बने, आफैलाई सपनाजस्तो लाग्छ’


प्रकाशित मिति : भाद्र २६, २०७९ आईतबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यूवाहरुलाई सपना देख्न र दृढता राख्न सुझाव दिएका छन् । उनले सपनालाई पुरा गर्न संघर्ष गरिरहनुपर्ने बताउँदै सफलता आफैलाई चुम्न आइपुग्ने बताए ।  दोस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०२२ लाई सम्बोधन गर्दै पहाडमा खान नपुगेर चितवन बसाइसरेको स्मरण गरेका छन् । उनले सामान्य परिवारको मान्छे गणतन्त्र नेपालको दुईपटक प्रधानमन्त्री बन्न सकेको बताउँदै आफैलाई सपनाजस्तो लाग्ने जिकिर गरे ।

उनले भने, ‘सपना बनाउनुहोस्, दृढता राख्नुहोस्, लागि पर्नुहोस् । सफलता तपाइहरुको अगाडी, तपाईहरुलाई चुम्न आइपुग्छ । म पहाडमा खान नपुगरेर चितवन बसाइसरेको हुँ परिवारको एउटा बच्चा दुईपटक त प्रधानमन्त्री भइसके गणतन्त्र नेपालको । कसरी सम्भव भयो भनेर आफैलाई सपना हो कि विपना हो जस्तो लाग्छ ।’

अध्यक्ष प्रचण्डले सामान्य परिवारको व्यक्तिले दुईपटकसम्म मुलुकको गर्न सकेको बताउँदै आफूलाई गौरवशाली लाग्ने धारणा राखे । उनले दश वर्षे युद्धको सुप्रिम कमाण्डरको रुपमा नेतृत्व गरेको स्मरण गर्दे शान्ति सम्झौता मार्फत युद्धलाई शान्तिमा रुपान्तरण गर्न नेतृत्व गर्ने अवसर मिलेको सम्झिए ।

प्रचण्डले भने, ‘म यश अर्थमा बढो आफूलाई गौरवशाली पनि ठान्छु, मैले युद्धको नेतृत्व गरे दश वर्ष । त्यो पनि नेपालको ईतिहासमा कहिल्यै नभएको विद्रोहको रुपमा युद्धको कमाण्ड, सुप्रिम कमाण्डर पनि भए ।’ उनले थपे,- ‘आफैमा यो सबै अवसर प्राप्त गर्न सक्ने कुरा पनि होइन् भएको भए त मलाई कसले छोड्थ्यो र । यस पछि विस्तृत शान्ति सम्झौता मार्फत युद्धलाई शान्तिमा रुपान्तरण गर्नको लागि मलाई नेतृत्व गर्ने अवसर प्राप्त भयो । यो पनि ठूलो युगान्तकारी कुरा हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले ठूला घटनाहरुको नेतृत्व गरेर युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने अवसर प्राप्त हुनु गौरवको कुरा रहेको जिकिर गरे । देशको राजनीतिलाई एउटा नयाँ ठाउँमा पुराइसक्ने सपना देखेर अठोट लिएपछि दायाँबायाँ नभएको बताउँदै उद्धेश्यबाट कहिले पनि तलमाथि नभएको उनको भनाई छ ।

‘एउटा व्यक्तिलाई यति ठूला घटनाहरुको नेतृत्व गरेर यत्रो युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने अवसर प्राप्त हुनु मेरो लागि धेरै ठूलो गौरवको कुरा हो । म फर्केर हेर्छु, कसरी यस्तो भए होला भन्दा म जतिबेला सपना देखेर यो देशको राजनीतिलाई एउटा नयाँ ठाउँमा पुराइसक्ने अठोट लिएपछि दायाँबायाँ फर्केर हेरिन् । मेरो मुल उद्धेश्यबाट कहिले पनि दायाँबायाँ भएको छैन् ।’- प्रचण्डले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com