अमेरिकामा १८ बर्षदेखि २५ बर्षकाले सेलेक्टिभ सर्भिसमा दर्ता नगरे ५ बर्ष जेल र/वा साढे २ लाख जरिवाना


प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार

अमेरिकामा १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष आप्रवासीले अनिवार्यरुपमा सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ ।खासगरी २६ बर्ष नलागेको आप्रवासीले आफ्नो १८ औं जन्मदिनपछि सेलेक्टिभ सर्भिसमा अनिवार्य दर्ता गर्नुपर्ने कानून रहेको छ । सेलेक्टिभ सर्भिस दर्तामार्फत अमेरिकी सरकारले मुलुकमा राष्ट्रिय आपतकालिन अवस्था आएर सशस्त्र शक्तिको तुरुन्तै विस्तार गर्नेपर्ने अवस्था आएको खण्डमा उपयोग गर्नका लागि पुरुषहरुको नाम संकलन गर्छ ।

कोही व्यक्ति १८ बर्ष नपुग्दै अमेरिकामा ग्रिनकार्डमा वा आप्रवासीका रुपमा आएको छ भने उसले १८ बर्ष पुग्नासाथ दर्ता गर्नुपर्छ । तर कोही व्यक्ति २६ बर्ष लागेपछि अमेरिकामा ग्रिनकार्डमा वा आप्रवासीका रुपमा आएको छ भने उसले दर्ता गर्नुपर्दैन । २६ बर्ष नपुग्दै आएको व्यक्तिले दर्ता गराउनुपर्छ । गैरआप्रवासी भिसामा रहेको व्यक्तिले भने दर्ता गराउनु पर्दैन ।

अमेरिका आएको ३० दिनभित्र सेलेक्टिभ सर्भिसमा दर्ता गर्नुपर्छ । सेलेक्टिभ सर्भिसमा दर्ता गराउनु अमेरिकी सेनामा गरेको साइनअप होइन ।

नगरे के हुन्छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि सेलेक्टिभ सर्भिसमा दर्ता गर्न आवश्यक छ तर दर्ता गर्न असफल भएमा साढे २ लाख डलरसम्म जरिवाना वा ५ बर्ष जेल सजाय वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ । साथै कुनै व्यक्तिले जानीजानी अरुलाई सेलेक्टिभ सर्भिसमा दर्ता नगरेपनि हुनेभन्दै सल्लाह दिएमा, सहायता गरेमा, वा अन्यलाई दर्ता नगर्न उक्साउँछ भने उक्साउने व्यक्तिलाई समेत साढे २ लाख डलरसम्म जरिवाना वा ५ बर्ष जेल सजाय वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।

जबसम्म कुनै व्यक्तिले दर्ता गर्न आवश्यक नभएको छुटको प्रमाण पेश गर्दैन, त्यस्तो व्यक्ति सेलेक्टिभ सर्भिसमा दर्ता गर्न असफल भएमा त्यस्तो व्यक्तिको विवरण सम्भावित अनुसन्धान र अभियोजनको लागि डिपार्टमेन्ट अफ जस्टिसमा पठाइन्छ ।

केही राज्यहरूले सेलेक्टिभ सर्भिसमा दर्ता नगर्ने पुरुषहरूका लागि थप कानूनी प्रावधानहरु सिर्जना गरेका छन्। सेलेक्टिभ सर्भिसमा दर्ता नगर्नेहरुलाई आपराधिक दण्डहरूको अतिरिक्त। दर्ता नगरेको कारण अन्य सुविधाबाट समेत वञ्चित हुनसक्छन् ।

कस्ता सुविधाबाट वञ्चित ?

सेलेक्टिभ सर्भिसमा दर्ता नगरेको व्यक्तिले अमेरिकी नागरिकता प्रकृयामा कैयन बर्षसम्म ढिलो हुनसक्ने, पेल अनुदान र संघीय विद्यार्थी सहायता नपाउने,  संघीय, राज्य र स्थानीय सरकारमा जागिर खान नपाउने, संघीय तालिम, ऋण वा ग्रान्टहरु पनि लिन नपाउने हुनसक्छ ।

२६ बर्ष नपुगेको आप्रवासीले सेलेक्टिभ सर्भिसमा दर्ता नगराएको खण्डमा अमेरिकी नागरिकताका लागि सामान्यतया अयोग्य हुने प्रावधान छ । २६ बर्ष अगाडि नै अमेरिकामा आप्रवासीका रुपमा आएको अमेरिकी नागरिकताको आवेदक २६ देखि ३१ बर्षसम्मको छ तर सेलेक्टिभ सर्भिसमा दर्ता गराएको थिएन भने उसलाई युएससीआईएसले दर्ता नगर्नुको कारण पेश गर्ने अवशर दिन्छ । यस्तो अवस्थामा आवेदकले अन्जानमा वा थाहा नपाएर दर्ता नगरेको भएमा त्यस्तो प्रमाण पेश गर्ने मोका दिइन्छ ।

तर २६ बर्ष अगाडि नै अमेरिकामा आप्रवासीका रुपमा आएको अमेरिकी नागरिकताको आवेदक ३१ बर्षभन्दा माथिको उमेरको छ भने उसले जानेरै वा थाहा पाएरै पनि सेलेक्टिभ सर्भिसमा दर्ता नगरेको भएतापनि अमेरिकी नागरिकताका लागि योग्य हुनेछ । यदि कोही व्यक्ति २६ बर्ष अगाडि नै अमेरिकामा आप्रवासीका रुपमा आएर पनि सेलेक्टिभ सर्भिसमा दर्ता नगराएको खण्डमा उसले नागरिकता आवेदन दिनका लागि ३१ बर्षको उमेर हुँदासम्म कुनुपर्ने हुनसक्छ ।

के ट्रान्सजेण्डरले पनि गर्नुपर्छ ?

अमेरिकी नागरिक वा आप्रवासीहरू जो पुरुषका रुपमा जन्मेका थिए तर आफ्नो लिंग परिवर्तन गरी महिला बनाएको खण्डमा उनीहरुले दर्ता गर्नुपर्छ । तर कोही व्यक्ति महिलाका रुपमा जन्मेका थिए तर उनीहरुले आफ्नो लिङ्ग पुरुषमा परिवर्तन गरेका छन् भने उनीहरुले दर्ता गर्नु पर्दैन ।

सेलेक्टिभ सर्भिसमा महिलाले दर्ता गराउनु पर्दैन । यदि व्यक्ति १८ बर्षदेखि २६ बर्षको उमेरमा अमेरिकामा थिएन भने पनि उसले दर्ता गराउनु पर्दैन । कसकसले दर्ता गराउनुपर्छ ? कसले पर्दैन ? त्यसको पूर्णसुची यहाँ हेर्नुहोला । 

कागजपत्रविहिनले गर्नुपर्छ ?

अमेरिकामा रहेका कागजपत्रविहिनले पनि सेलेक्टिभ सर्भिसमा दर्ता गराउनुपर्छ । एसाइली, शरणार्थी, परोली, ग्रिनकार्डवाहक, दोहोरो नागरिकता भएका अमेरिकी नागरिकले पनि सेलेक्टिभ सर्भिसमा दर्ता गराउनुपर्छ ।

गैर आप्रवासी भिसामा रहेका र भिसा एक्सपायर नभएकाहरुले भने दर्ता गराउनुपर्दैन । तर भिसा एक्सापायर भइसकेकाहरुले भने दर्ता गराउनुपर्छ । साथै अस्थायी कृषि कामदारका रुपमा आएकाहरुले पनि दर्ता गराउनुपर्दैन ।

अन्तर्राष्ट्रिय विद्यालय वा गैर आप्रवासी भिसामा हुनेहरुलाई सेलेक्टिभ सर्भिसमा दर्ता गराउनका लागि पत्र आएमा के गर्ने ?

उक्त पत्रको जवाफ दिनुपर्छ । साथमा फोटो, भिसा, प्रवेश गर्दाको सीबीपीको छाप, भएको पासपोर्ट समावेश गर्नुपर्छ । विद्यार्थीहरुले युएससीआईएसको आई २० फर्म पेश गर्नसक्छन् । अन्य गैर आप्रवासी भिसामा रहेका आप्रवासीले आई ९४ डकुमेन्ट पेश गर्न सक्छन् । अमेरिका प्रवेश गर्दाको बोर्डिंग पास पनि पेश गर्न सकिन्छ । पेश गर्न सकिने कागजातको सुची यहाँ हेर्नुहोला । 

सेलेक्टिभ सर्भिसमा दर्ता गराउनका लागि यहाँ क्लीक गर्नुहोला ।

अमेरिकी अध्यागमन लगायतका १११ टिप्सहरु समेटिएको पुस्तक जिरो माइल अर्डर गर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com