अवैध संरचना हटाइएपछि खुल्ला र सुन्दर देखिदै पशुपतिनाथ क्षेत्र


प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार

– विमलबहादुर विष्ट / काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ । जथाभाबी रुपमा बनाइएका अबैध संरचना र बाटोभरी राखिएका पसल हटाइएपछि अहिले पशुपतिनाथ क्षेत्र सुन्दर र खुल्ला भएको हो ।

पशुपति क्षेत्रमा राखिएका पसल र संरचनाले कुनै बेला निकै भीड हुने तथा दर्शनार्थीलाई दर्शन गर्नसमेत निकै कष्ट बेहर्नुपर्ने भए पनि महानगरपालिकाले शुक्रबारदेखि संरचना र पसश हटाएपछि खुला हुनुका साथै पशुपतिनाथको दर्शन गर्नका लागि निकै सहज भएको कैलालीबाट पशुपतिनाथ दर्शन गर्न आउनुभएका भक्तजन हिक्मतबहादुर साउदले बताउनुभयो ।

पशुपति क्षेत्रमा जाथाभावी निर्माण गरिएका संरचना र पसहल महानगरपालिकाको टोलीले हटाएसँगै अब त्यहाँ राखिएका फुल प्रसाद बिक्रि पसल पनि व्यवस्थित गरिन लागिएको पशुपति क्षेत्र विकास कोषका अध्यक्ष नारायण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथमा दर्शनका लागि आउने भक्तजनको सहजताका लागि हामीले फुल प्रसाद बिक्री गर्ने पसल पनि बनाएका छौँ, अव्यवस्थित भएका त्यस्ता पसललाई व्यवस्थित रुपमा सटरमा राख्ने कामको सुरुवात भएको छ ।”

महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गर्ने पसललाई शुक्रबारदेखि हटाउन सुरु गरेको एकै दिनमा पशुपति क्षेत्र खुल्ला भएको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले बताउनुभयो । उहाँले भन्नुभयो, “गरेपछि के हुँदैन र ?, हामीले अवैध संरचना एकै दिनमा हटाउन सफल भएका छौँ, अहिले पशुपति क्षेत्र सुन्दर र सफादेखिएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पशुपति क्षेत्रमा अवैध संरचना हटाइएपछि त्यहाँ बाँकी रहेका जस्तापाता तथा अन्य काठपात हटाउनका लागि आज पुनः कर्मचारी खटिएका छन् । पशुपतिनाथ क्षेत्र ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल भएकाले पनि यहाँ अवैध संरचना तथा पसल बीच बाटोमा सञ्चालन गर्न नहुने स्थानीयवासी बताउँछन् । पशुपतिनाथ मन्दिर दुई सय ४० हेक्टर जग्गामा फैलिएको छ । पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ ।

सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । काठमाडौँ उपत्यकाकै प्राचीन धार्मिकस्थल प्रमाणित भएकाले र अति प्राचीन पूजास्थल, मठमन्दिर र मूर्ति तथा प्राचीन अभिलेखको अव्यस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्गहालय छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन् ।

वडा नं ८ का अध्यक्ष सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अबैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरिएको भए पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । अध्यक्ष सङ्गतका अनुसार पशुपति क्षेत्रसँगसँगै वडा नं ८ का सबै टोलमा निर्माण भएका संरचना र पसल हटाउने अभियान सुरु भएको छ ।

पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरुपमा उत्रिएर संरचना हटाउन सुरु गरिएको उहाँको भनाइ छ । वडा नं ८ मा निर्माण भएका पसल तथा संरचना व्यवसायीले आफै नहटाए वा यसलाई अवज्ञा गरे महानगरले सामान उठाएर लैजाने समेत अध्यक्ष सङ्गतले जानकारी दिनुभयो ।-रासस/फाइल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com