Follow @khasokhasmag

कमदक्ष कामदारलाई खुशीको खबर, सेप्टेम्बर ८ अघिका आवेदकले अक्टोबरमा ग्रिनकार्ड फाइल गर्न पाउने


प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार

अन्य कामदार अन्तरगत रोजगारमा आधारित तेश्रो श्रेणीमा प्रदान गरिने खास दक्षता नभएका कामदार लागि खुशीको खबर छ । झण्डै साढे ३ बर्षदेखि ग्रिनकार्ड फाइल गर्न प्रतिक्षा गरिरहेका उनीहरुले आगामी अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ५८५ फाइल गर्न र त्यसका आधारमा वर्क परमिट, एड्भान्स परोल लगायतका डकुमेन्टहरु प्राप्त गर्नसक्ने भएका छन् ।

सेप्टेम्बरमा मे ८, २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन दिनसकिने अवस्था रहेकोमा अक्टोबरमा उक्त सन् २०२२ को सेप्टेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन दिनसकिनेगरी भिसा बुलेटिन जारी भएको छ । सोही भिसा बुलेटिनलाई स्वीकार्दै युएससीआईएसले पनि अक्टोबरमा सन् २०२२ को सेप्टेम्बर ८ भन्दा अगाडि प्राथमिकता मिति भएका कम दक्ष तेश्रो श्रेणीका अन्य कामदारले ग्रिनकार्ड आवेदन दिनसक्ने जनाएको छ ।

रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा अमेरिकामा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुका लागि भिसा करेन्ट नहुँदा भिसा करेन्ट हुँदासम्मका लागि स्टाटस जोगाउन निकै समस्या हुनेगरेको छ । तर अब उनीहरुलाई राहत हुने भएको छ ।

२ बर्षभन्दा कम अवधि खास दक्षता नचाहिने काम गरेको अनुभव, उक्त कामका लागि अमेरिकामा कामदार नभएको अवस्था र लेबर सर्टिफिकेशनका अन्य प्रावधानहरु पूरा गरेका व्यक्ति रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा योग्य हुनसक्छन् ।

अब उनीहरुले ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।

अमेरिका बाहिर हुने तेश्रो श्रेणीका अन्य कामदारको सन्दर्भमा पनि सेप्टेम्बर ८, २०२२ अगाडि फाइल गरेकाहरुको भिसा प्रकृया नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसा बुलेटिन अनुशार अक्टोबरका लागि १ जुन २०२० अगाडि फाइल गरेकाहरुलेमात्र भिसा पाउनसक्नेछन् ।

चीन र भारतका लागि भने प्राथमिकता मिति फरक छ । चीनका नागरिकले कम्तीमा उनीहरुले ग्रिनकार्ड फाइल गर्नका लागि कम्तीमा ६ बर्ष र भारतकाले कम्तीमा १० बर्ष प्रतिक्षा गर्नुपर्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com