स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी
प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार
बालिका बलात्कारको आरोप लागेका निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) छोडेर नेपाल फर्किन लागेको बताएका छन् ।
आफू निर्दोष रहेको दाबी गर्दै नेपालको कानुनप्रति गूर्ण भरोसा रहेको सामाजिक सञ्जालमा ले्खेका छन् ।
आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको र अनुसन्धानमा सघाउने कुरा फेसबुकमा लेखेका छन् । बलात्कार आरोप लागेपछि बिहीबार क्यानले सन्दीपलाई निलम्बन गरेको हो भने जिल्ला अदालतले पक्राउका लागि अनुमति समेत दिएको छ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा थप अनुसन्धान गर्नका लागि काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेकाे हाे।







