दश दिनभित्र कर बुझाउन ताकेता गर्दैै सेना र प्रहरीसहित १० सरकारी कार्यालयलाई बालेनको पत्र


प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार

काठमाडौं महानगरपालिकाले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई कर बुझाउन ताकेता गर्दैै पत्र काटेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । पत्र काटिनेमा शंकरदेव क्याम्पस, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र समाज कल्याण परिषद् रहेका छन् ।

पटक पटक ताकेता गर्दा पनि हालसम्म नबुझाएको भन्दै बहाल आम्दानी विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्रमा बहाल कर र त्यसको जरिवाना पनि बुझाउन भनिएको छ। यदि यो अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न प्रक्रिया अगाडि बढाउने समेत महानगरको पत्रमा उल्लेख छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com