सुरेश वाग्लेको स्मृतिमा जंगिए प्रचण्ड, ऋषि कट्टेलमाथि प्रश्नैप्रश्नको वर्षा (भिडियो)
प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (माले) का अध्यक्ष ऋषि कट्टेलको कुराले जंगिएका छन् । कट्टेलले ‘सहीद सुरेश वाग्लेको सम्मानका लागि कांग्रेससँग भाग मागेर हुन्छ ?’ भन्ने प्रश्न गरेपछि प्रचण्डले कट्टेललाई ‘जनक्रान्तिको बेला कहाँ हुनुहुन्थ्यो ?’ भन्दै प्रश्न तेर्साउँदै संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई कांग्रेससँग मिल्यो भन्न नमिल्ने जवाफ दिए ।
२४ औं सुरेश वाग्ले (बासु) स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कट्टेलले सुरेशको सम्मान उत्पीडित समुदायको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षाको बाटो क्लियर नहुँदा सम्म नहुने भन्दै कटाक्ष गरेका थिए । जवाफमा प्रचण्डले नेपालको कम्यूनिष्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा फुटाउन लाग्ने तपाई होईन् ? भन्दै जवाफ फर्काएका थिए ।
ऋषि कट्टेलले भनेका थिए, ‘सुरेशको सम्मान जब सम्म उत्पिडीत वर्ग समुदायको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षाको बाटो क्लियर हुँदैन् तब सम्म सम्मान हुँदैन् । त्यसकारण यो सम्मानको लागि लाग्न कांग्रेससँग भाग मागेर मुक्ति हुन्छ ?’
प्रचण्डले भने, ‘तपाई जनक्रान्तिका बेला कहाँ हुनुहुन्थ्यो । तपाई आदर्शमा किन लाग्नु भएन् । नेपालको कम्युष्टि आन्दोलनलाई एक बनाउनु पर्छ भन्दा फुटाउनु पर्छ भनेर अदालतमा जाने तपाई नै हाईन र । अहिले क्रान्ति भनेर तपाईले भन्न मिल्छ । गणतन्त्रको रक्षाको लागी गरेको कामलाई । मेरो विचारमा मिल्दैन् ।’
प्रचण्डले वाग्लसँगै एउटै कमिटिमा रहेर सँगै बहस गर्दा पलहरु स्मरणमा ताजै रहेको बताए । उनले सुरेश वाग्ले आफ्नो सरलता, पारदर्शीता, जिम्मेवारी बोध र सबै दृष्टिकोणले सामान्यभन्दा माथिको व्यक्तित्व रहेको जिकिर गरे । घाईते सहीद परिवार, बेपत्ता योद्धा र योद्धाका परिवारलाई सम्मान, पहिचान र उनीहरुलाई अधिकार दिने लडाई हालपनि जारी रहेको उनको भनाई छ ।
भिडियो :





