२ सय बढी गीतमा अभिनय गरेका बिमलेशको कमब्याक, विछोडिएको छोराको मनोविज्ञान ‘एउटा यस्तो मूर्ति’


प्रकाशित मिति : भाद्र २०, २०७९ सोमबार

झण्डै साढे २ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार बिमलेश अधिकारी ५ बर्षपछि मूलधारको म्युजिक भिडियोमा देखिएका छन् । आमाबाट विछोडिएर घरबाट टाढा पुगेपछि मानसिक पीडा भोगिरहेको छोराको मनोदशामा बनेको म्युजिक भिडियो ‘एउटा यस्तो मूर्ति’ मा बिमलेशले अभिनय गरेका हुन् ।

शान्ति श्री परियार र अनुस अधिकारीको स्वर रहेको म्युजिक भिडियोमा बिमलेशले आमाबाट विछोडिएर घरबाहिर रहेको छोरा डिप्रेशनमा फसेको र आमाका लागि एउटा कुरा गर्ने मूर्ति बनाएर छोड्न चाहेको अभिनय गरेका छन् । गीतकार सुरज गैरे विवशका शब्दमा सुरज गैरे र अनुस अधिकारीले नै संगीत भरेका छन् ।

गीतमा बिमलेशका साथमा हिउवाला गौतम, अन्जना राउत र उत्सव घोरासैनीले पनि अभिनय गरेका छन् । प्रकाश धितालले निर्देशन गरको भिडियो उत्सव दाहालले खिचेका छन् भने विकाश दाहालले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा आमाको ममता र छोराको आमाप्रतिको मायालाई देखाउन कला, संवेग, भावनाको बेजोड संयोजन गरिएको छ ।

‘लामो समयपछि एउटा राम्रो म्युजिक भिडियोमा काम गर्ने अवशर मिलेको छ । आशा छ दर्शक श्रोताहरुले यो अभिनयलाई रुचाउनुहुनेछ ।’ बिमलेशले भने ।

अमेरिकामा बस्दै आएका बिमलेशको यो भिडियो हालै नेपालमा छायांकन गरिएको हो ।

६ वटा चलचित्र र दुईवटा टेलिसिरियलमा समेत अभिनय गरेका बिमलेश केही समयदेखि मूलधारको रंगमञ्चमा थिएनन् । यद्यपी उनले अमेरिकामा केही म्युजिक भिडियोको निर्देशन र अभिनय भने गरेका थिए । क्या दामी भो, तिर्खा लाग्यो पानी खाएँ, धेरैपल्ट मरें म त, अलिकति नजर तिम्रो जस्ता सुपरहिट गीतहरुका म्युजिक भिडियोमा बिमलेशले अभिनय गरेका थिए ।

अमेरिकाको चर्चित ब्राण्डेड स्टोर मेसिजका स्टायल एम्बासडरका रुपमा फोटो सेसनका क्रममा

उनी १६० बर्ष पुरानो अमेरिकाको चर्चित ब्राण्डेड स्टोर मेसिजका स्टायल एम्बासडर समेत थिए । स्टायल एम्बेसडरका रुपमा उनले मेसिजमा बिक्रि हुने ब्राण्डहरुको प्रवद्र्धन गरेका थिए । मेसिजले आफ्ना प्रचारप्रसारमा समेत स्टायल एम्बेसडरका रुपमा बिमलेसलाई फिचर गरेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com