चौतर्फी विरोधपछि सरकारले विधेयक संशोधन गर्ने : मनोनयनकै दिन संसदको कार्यकाल सकिने


प्रकाशित मिति : भाद्र २०, २०७९ सोमबार

k|ltlglw;ef a}7s sf7df8f}F, ^ c;f/M k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7s . tl:a/ M /Tg >]i7÷/f;;

प्रतिनिधि सभाको कार्यकाल उम्मेदवारी मनोनयनकै दिन सक्ने गरी सरकारले विधेयक संशोधन गर्ने भएको छ। प्रतिनिधि सभाको कार्यकाल नयाँ संसदको पहिलो बैठकसम्म रहने गरी सरकारले विधेयक ल्याएको थियो। विधेयकको चौतर्फी आलोचना भएपछि सरकारले विधेयक संशोधन गर्ने भएको हो।

सरकारले केही नेपाल ऐन संशोधनमार्फत् प्रतिनिधि सभा निर्वाचन ऐन संशोधन गर्दै कार्यकाल गणना सपथ खाएको दिनबाट गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

प्रतिनिधि सभाले आफ्नो कार्यकाल गणनासम्बन्धी व्यवस्था समेटिएको केही नेपाल ऐन संशोधन विधेयक सैद्धान्तिक रूपमा स्वीकृत गरेसँगै विधेयक संशोधन प्रक्रियामा अघि बढेको छ। सांसदहरूले दर्ता गरेको संशोधनमध्ये एउटालाई स्वीकार गरेर मनोनयनकै दिन संसदको कार्यकाल सकिने व्यवस्था गर्ने सहमति गठबन्धनमा भएको बालुवाटार स्रोतले जनाएको छ।

‘विधेयक संशोधन प्रक्रियामा गएको छ। संशोधनमध्ये एउटालाई स्वीकार गरेर प्रतिनिधि सभाको कार्यकाल मनोनयनकै दिन सकिने व्यवस्था गर्न लागिएको छ,’ एक नेताले भने। संसदको कार्यकाल लम्ब्याउन खोजेको भन्दै सरकारले ल्याएको विधेयकबारे एमालेले आपत्ति जनाएको थियो। संविधानको धारा ८५ को प्रावधानलाई प्रस्ट्याउनका निम्ति सरकारले कानुन ल्याउन लागेको तर्क संसदमा गरेका थिए। ‘कार्यकालबारे संविधानको धारा ८५ले पाँच वर्ष हुन्छ भनेर तोकेको छ,’ बन्दीले संसदमा भनेका थिए, ‘यसले कार्यकाल कहिले प्रारम्भ हुन्छ र कहिले अन्त्य हुन्छ भन्ने व्यवस्था गर्न खोजेको हो।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com