संसदमा दर्ता भएको कार्यकाल लम्ब्याउने विधेयक विवादमा : कुन नेताले के भने ?


प्रकाशित मिति : भाद्र २०, २०७९ सोमबार

k|ltlglw;ef– a}7s ;+3Lo ;+;b ejg gofF afg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf]] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;

प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले संसदमा दर्ता गरेको विधेयकमा विवाद बढ्दै गएको छ । चुनावपछि पनि कार्यकाल कायमै राखेर तलबभत्ताको नाममा राज्यकोष दोहन गर्न खोजेको भन्दै संविधानविद् र नागरिकस्तरबाट पनि आलोचना भइरहेको छ । हिजो प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले उम्मेदवारी मनोनयन दर्तापछि संसद्को कार्यकाल अन्त्य हुने प्रावधान राख्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देनले भने संसद्को आयु लम्ब्याउने कामलाई अनैतिक भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । कांग्रेस र माओवादीका सांसदहरुले भने विधेयकको समर्थन गरेका छन् ।

मन्त्रिपरिषदबाट पारित भएर हिजो प्रतिनिधि सभामा पेस भएको विधेयकमा प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनदेखि गणना गर्ने र नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनदेखि अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ ।

चुनाव घोषणा भइसकेको अवस्थामा सरकार नै कामचलाउको हैसियतमा हुने र उम्मेदवारी दर्तापछि संसद्ले पनि काम गर्न नमिल्ने भएकाले कार्यकाल लम्ब्याउनु संविधानको मर्मविपरीत हुने संविधानविद्हरुले भन्दै आएका छन् । चौतर्फी विरोधपछि विधेयक के गर्ने भन्नेमा सरकार नै अलमलमा परेको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलिका लागि बोलाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसद बाहिर मन्त्री र सांसदहरुको प्रतिक्रिया

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारले आगामी मंसिर ४ गतेपछि पनि संसदलाई निरन्तरता दिएर सांसदहरुलाई तलव भत्ता दिने गरी कानून ल्याउँदा दुःख लागेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्ष दलले त्यही अनुसार तयारी गरेर ल्याएकाले राप्रपाले रोकेर कानून नरोकिने भएको भन्दै संसदबाट नै राजीनामा दिएको बताउनु भयो । अध्यक्ष लिङदेनले आजबाट सांसदको हैसियतले कुनैपनि सेवा सुविधा नलिने गरी अनैतिक काम रोक्न नसके पनि आफू नबिटुलिने निर्णय गरेको बताउनु भयो । उहाँले संसदको समय मंसिरपछिसम्म लम्ब्याउने सत्तापक्षको उद्देश्य भएपनि अनैतिक काम भएको जिकिर गर्नुभयो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अहिले निर्वाचन घोषणा भएर संसदको विघटन भएको भन्ने अवस्थामा संसदको म्याद लम्ब्याउने कानून ल्याउनु आपतिजनक भएको बताउनु भयो । उहाँले सरकारले अहिलेको अवस्थामा संसदको म्याद कहिलेसम्म भन्ने विषयको बाधाअड्काउ फुकाउने प्रयोजन भन्दा अन्य उद्देश्य ल्याएको भए लोसपाले यसको बिरोध गर्ने बताउनु भयो । उहाँले संविधानमा शुरुदेखि विरोध रहेको भन्दै संविधान नै कामचलाउ रहेकाले मुख्य राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

त्यस्तै,नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राणा र पञ्चायतको जस्तै सत्ता हातमा छ भन्दैमा मनलाग्दी कानून संशोधन गर्न नमिल्ने बताउनु भयो । उहाँले प्राधानन्यायाधीश चोलेन्द्र समशेर जबरा सर्वोच्च फर्किएसँगै परमादेश सरकार खारेज हुने डरले संसदको म्याद लम्ब्याउने कानून ल्याएको स्पष्ट पार्नुभयो । सांसद सुवालले मजदुर किसान पार्टी यो विषयमा बिरोधमा रहेको पनि बताउनु भयो ।

 

त्यस्तै,सांसद हृदयेश त्रिपाठीले प्रतिनिधि सभाको म्याद थप्ने कानून आगामी संसदको लागि राम्रो हुने बताउनु भयो । उहाँले अघिल्लोपटक आफू पनि सरकारमा भएको बेलाको सरकारले नालायकीपन गरेको बताउनु भयो । सांसद त्रिपाठीले राप्रपाका अध्यक्षले निर्वाचन घोषणा भएको अवस्थामा सांसद पदबाट राजीनामा दिनु नाटक मात्रै भएको बताउनु भयो । उहाँले नेपालको न्यायलयमा कति अस्तव्यस्तता भएको छ भन्नेकुरा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बयानले प्रष्ट पारेको बताउनु भयो ।

त्यस्तै,नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभाको म्याद लम्ब्याउने कानून ल्याउन उपयुक्त नभएको बताउनु भयो । उहाँले सरकारले निर्वाचन घोषणा गरेपछि पुरानो संसदको म्याद लम्ब्याउन नहुने बताउनु भयो । सिंहले जुन संसदमा जुन प्रक्रियाबाट सांसद भएर आएको हो त्यही प्रक्रिया अनुसार जानुपर्ने बताउनु भयो । उहाँले एकैदिन निर्वाचित भएको सांसदहरु फरक दिनमा रिटायर्ड नहुने दाबी गर्नुभयो ।

त्यस्तै,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधि सभा सम्बन्धि कानूनमा सांसदहरुको पाँच वर्ष कार्यकालमा कुनै फरक नगरिएको बताउनु भयो । उहाँले संसद कहिले सकिन्छ भन्ने विषयमा विवाद भएको नयाँ कानून अनुसार नयाँ संसद बस्ने र पुरानो संसद अन्त्य हुने स्पष्ट हुनेगरी कानून आएको बताउनु भयो । मन्त्री बडूले केही समय अगाडि आएको भए सबैले प्रश्न नउठाउने दाबी गर्दै अहिले आएकाले प्रश्न उठाएको हुनसक्ने बताउनु भयो ।

त्यस्तै,नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले सरकारले प्रतिनिधि सभा संसदको पाँच वर्षको प्रारम्भिक र अन्त्य कहिले हुने भन्ने कुराको व्याख्या कानूनले गरेको बताउनु भयो । उहाँले संसदको म्याद थप्नको लागि कानून नल्याएको स्पष्ट पार्नुभयो ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोईराला० ले संविधान भन्दा माथि कुनैपनि कानून नहुने बताउनु भयो । उहाँले सरकारले प्रतिनिधि सभाको प्रारम्भ र अन्त्य कहिले हुने भन्ने कानूनी व्यवस्था मात्रै ल्याएको दाबी गर्नुभयो । मन्त्री शर्माले जनप्रतिनिधिको संस्था खाली राख्न नहुने बताउनु भयो । उहाँले अहिले सरकारले संसदमा पेस गरेको कानूनमा सांसदहरुको कार्यअवधि नबढ्ने दाबी गर्नुभयो । उहाँले प्रतिनिधि सभाको म्याद सांसदको कार्यअघि बढाउने व्याख्या गलत भएको बताउनु भयो ।

त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले निर्वाचन घोषणा गरेपश्चात पनि सरकारले संसदको म्याद बढाउने गरी कानून ल्याएर नाजाहेज काम गरेको बताउनु भयो । उहाँले नेकपा एमालेले त्यसको बिरोध गरेको बताउनु भयो । सांसद तामाङले प्रतिनिधि सभा निर्वाचन घोषणासँग सकिनुपर्ने दाबी गर्नुभयो । उहाँले अहिले सशक्त प्रतिनिधि सभा जस्तो बैठक बस्नु नै गलत भएको बताउनु भयो ।

उहाँले संसदको समय असोज २ गते भन्दा पर लैजान नमिल्ने पनि बताउनु भयो । उहाँले त्यही अनुसार एमालेले बिरोध र संशोधन हाल्ने स्पष्ट पार्नुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com