मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज  चितवनमा आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तक्र्रियामा उहाँले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताउनुभयो ।

विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको सुभारम्भ गर्दै उहाँले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्थ रहेको बताउनुभयो । भरतपुर विमानस्थलको बिस्तार र मेघौली विमानस्थलको धावनमार्गको कालोपत्रसहितको स्तरोन्नतिका लागि निरन्तर लागि रहनुभएका यसै क्षेत्रका सांसदसमेत रहनुभएका दाहालले दुई विमानस्थलको विकाससँगै यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटन विकासको दृष्टिले मेघौलीको सम्भावना प्रचुर रहेको छ ।” निकुञ्जसँगै आदिवासी समुदायको संस्कृति र वेषभूषाले पर्यटनलाई आकर्षण गरेको उहाँले बताउनुभयो । दाहालले भन्नुभयो, “थारु, दराई र कुमालको संस्कृति एवं परम्परासँगै निकुञ्ज हुनुका कारणले अपार सम्भावना र चुनौती दुवै छ ।”

वन्यजन्तुबाट जनताको सुरक्षाका निम्ति नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री, अर्थमन्त्री र वन तथा वातावरणमन्त्रीसँग कुराकानी भइरहेको छ । भारतमा जस्तै यहाँ पनि नयाँ प्रविधिको प्रयोग गर्ने कुरा भइरहेको छ ।” भारतमा वन्यजन्तुबाट जनताको सुरक्षाका लागि विशेष प्रकारको संयन्त्र विकास भएको भन्दै उहाँले यसका लागि केही करोड बजेट भए पुग्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले नारायणी तटबन्ध, चक्रपथ, भरतपुरदेखि मेघौलीसम्मको सहायक राजमार्ग, मङ्गलपुरदेखि मेघौलीसम्मको सडकको स्तरोन्नतिलगायत महत्वपूर्ण विकास निर्माणमा जोड दिएको अध्यक्ष दाहालले बताउनुभयो । मेघौलीलाई विशेष आर्थिक र पर्यटन क्षेत्रका रुपमा विकास गर्ने काम तीव्र गतिमा अघि बढेको उहाँले बताउनुभयो ।

गोलाघाटमा पुल निर्माण युनेस्कोका कारण रोकिएको भन्दै उहाँले त्यसका लागि पनि पत्राचार गरिएको जानकारी दिनुभयो । राप्ती, रिउ र नारायणी नदीको सङ्गमस्थल पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । आफू ११÷१२ वर्षको हुँदा मेघौली विमानस्थलमा जहाज आएको र गएको समयलाई खाजा खाने समय सूचक बनाउने गरेको स्मरण उहाँले गर्नुभयो ।

कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र मेघौली विमानस्थलको कामसँगै अघि बढेको भन्दै यसले महानगरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो । पहिलो कार्यकाल थाल्दादेखि नै विमानस्थल बिस्तारको कामलाई प्राथामिकतामा राख्नुभएकी दाहालले यसले यहाँको विकासमा फड्को मार्न सहयोगी बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो निरन्तरको प्रयास सार्थकतामा पुग्दैछ ।”

सोही अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मेघौली विमानस्थल गुणस्तरीय पर्यटक चार्टर गर्ने महत्वपूर्ण विमानस्थलका रुपमा विगतमा परिचित रहेको बताउनुभयो । भरतपुर विमानस्थल र मेघौली विमानस्थलको काम अघि बढेको भन्दै उहाँले यसले चितवनको विकासमा ठूलो सहयोग पु¥याउने बताउनुभयो । मेघौलीको सर्भे सकिएसँगै लागत निकालेर बोलपत्र आह्वान गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटक विज्ञ सल्लाहकार डा विश्वराज सुवेदीले मेघौलीको पर्यटकीय महत्वकाबारेमा प्रकाश पार्नुभएको थियो । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए ।

कुनै बेला मेघौली विमानस्थलमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । विमानस्थलको धावनमार्गमा कालोपत्र गरेर ट्रमिनल व्यवस्थित गर्न लागिएको हो । विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मका क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com