नेपालमा पिसकोर आएको ६० औं बर्षगाँठ, विष्णुमायाले सुनाइन् पिसकोरले बदलेको जीवन अनुभव


प्रकाशित मिति : भाद्र १७, २०७९ शुक्रबार

पिस कोर नेपालले पिस कोर स्वयंसेवकहरूको पहिलो समूह काठमाडौँ आइपुगेको अवसरको ६० औँ वर्षगाँठ मनाउँदै छ । यसैक्रममा बिहिबार काठमाडौंको मेरियट होटलमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र पिस कोरका कन्ट्री डाइरेक्टर ट्रोय कोफरोथले ६० औँ वर्षगाँठ मनाउने क्रममा रिसेप्सनको आयोजना समेत गरेका छन् ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी, पिस कोरका कन्ट्री डाइरेक्टर ट्रोय कोफरोथ, अधिकारकर्मी डा. विष्णुमाया परियार र किसान धन थापाले पिसकोरको योगदान र पिसकोरबारे आफ्नो अनुभव सुनाएका थिए । पिसकोर स्वयंसेवकका कारण परिवारको जीवन बदलिएको थियो भने थापालाई पिसकोर स्वयंसेवकले अर्गानिक खेती सुरु गर्न सहयोग गरेका थिए । कार्यक्रममा अमेरिकी दूतावास काठमाडौंका कूटनीतिक अधिकारीहरु र नेपाल सरकारका प्रतिनिधिहरुको समेत उपस्थीति रहेको थियो ।

डा. परियारले आफ्नो जीवनको यात्राको बारेमा अनुभव सुनाएकी थिइन्, जुन करिब दुई दशकअघि पीस कोर्प्स स्वयंसेवक विज्ञान शिक्षक जोन ब्रुगम्यानको सहयोगबाट परिवर्तन भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोरखाको विकट क्षेत्र ताक्लुङको गरिब र दलित परिवारमा अपमान र भेदभाव सहदै हुर्किएकी उनले गोरखाको मनकामना विद्यालयमा पढ्ने क्रममा
पिसकोर स्वयंसेवक जोन ब्रुगम्यानलाई भेटेको तथा उनको सहयोगका कारण जीवन परिवर्तन भएको अनुभव परियारले सुनाइन् । सन् १९९२ मा एसएलसी परीक्षा उत्तिर्ण गरेपछि जोन ब्रुगम्यानले ७ सय डलर छात्रबृत्ति पढाएको र उनको सहयोगले आफूलाई उच्च शिक्षा प्राप्त गर्नमात्र नभई जीवनमा सही मार्गमा अगाडि बढ्न प्रेरित गरेको उनले बताइन् ।

सोही प्रेरणाले आफूले सन् १९९८ मा एसोसिएसन अफ दलित वुमेन्स एडभान्समेन्ट अफ नेपाल स्थापना गरेको उनले बताइन् । पिसकोरले बदलेको विष्णुमायाको जीवन र उनको अधिकारकर्मबारे उनको कथा विश्वभरका कलेजका विद्यार्थीहरूका लागि म्याकग्रो हिल प्रकाशन गरेको पुस्तकमा समेत समावेश छ । साथै अमेरिकाको म्यासाचुसेट्समा सात कक्षाको पाठमा समेत उनको बारेमा समावेश गरिएको छ ।

सन् १९६२ यता हजारौं अमेरिकी र नेपालीहरूले दीर्घकालीन परिवर्तनको प्रयास गर्न र विश्व शान्ति अनि मित्रताको प्रवर्द्धन गर्ने पिसकोरको उद्देश्य प्राप्त गर्न हातेमालो गरिसकेको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । सन् १९६२ को सेप्टेम्बर महिनामा ७० भन्दा बढी अमेरिकी स्वयंसेवकहरू काठमाडौँ आइपुगेका थिए र उनीहरूले नेपालभर मुख्यतः विद्यालय र कलेजहरूमा सेवा गरी नेपाल र अमेरिकाबिच दिगो सम्बन्धको सृजना गरेका थिए ।

सन् १९६२ देखि झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा स्वयंसेवक भई सेवा गरेका छन् र शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत बहुल क्षेत्रका परियोजनाहरू सम्पन्न गरेका छन् । कोभिड १९ महामारीका कारण सन् २०२० को मार्च महिनामा पिस कोर स्वयंसेवकहरूको विश्वव्यापी निष्क्रमण गरिएकोले उनीहरूलाई फिर्ता ल्याउने पिस कोरको योजना रहेको छ ।

पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्छन् ।

पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरू विकास र अन्तरसांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्‍याउँछ । सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडिले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४२ मुलुकमा सेवा गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com