कसले भत्कायो जयपृथ्वीबहादुर सिंहको सालिक ?


प्रकाशित मिति : भाद्र १५, २०७९ बुधबार

 

– भूमिराज पिठातोली/  गत वर्ष असोजमा बझाङी भाषामा चलचित्र बनाउने एक समूहले बझाङ सदरमुकाम चैनपुरको चौराहामा जयपृथ्वीबहादुर सिंहको सालिक निर्माण ग¥यो । चलचित्र बनाउने छायाङ्कन टोलीले कथामा जयपृथ्वीबहादुर सिंहको बझाङ चिनाउने अभियान आएपछि चार दिन लगाएर सालिक बनाएका थिए ।

मध्यराति नै सालिक बनाएर सुटिङ गरेपश्चात् जयपृथ्वी नगरपालिकाले सालिकको संरक्षण गर्ने जिम्मेवारी लियो । तत्कालीन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले कलाकारले सालिक निर्माण गरेकोमा धन्यवाद दिँदै त्यसको संरक्षण गर्ने बचनसमेत दिनुभएको थियो । तर छ महिना नपुग्दै सालिक भत्कियो । गएको चैत तेस्रो साता चैनपुरको चौराहामा राखिएको सालिकको टाउको भुइँमा र बाँकी भाग सालिकमै देखियो । स्थानीय पसलेका अनुसार ‘जँड्याहा’ले सालिक तोडफोड गरेका हुन् । “जाँड खाएर होहल्ला गर्दै आउँछन्”, एक पसलले भन्नुभयो, “गाली गलौज गर्दै सालिकमा लात्ती हान्छन् । पहिल्यै भत्काएको सालिकको टाउको खसिहाल्छ ।”

सालिक संरक्षणको जिम्मेवारी लिएको जयपृथ्वी नगरपालिका अहिले भने अनभिज्ञ जस्तै छ । प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशी जयपृथ्वीको सालिकको बारेमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । “सालिक कुन ठाउँमा राखिएको छ ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “म त भरखर आएको हुँ, सालिक चैनपुर बजारमा राखिएको भन्ने थाहै छैन । अब बुझ्नुपर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले चलचित्र बनाउने टोलीले काम चलाउ बनाएको र अब नगरपालिकाले ठूलो सालिक बनाउने बताउनुभयो । “गत वर्ष एक टोलीले काम चलाउ मात्रै बनाएको हो । काठको भाग हुँदा कसले भत्कायो भन्ने थाहा भएन । अब नगरपालिकाले दिगो समयसम्म टिक्ने गरी सालिक बनाउनेछ”, उहाँले भन्नुभयो ।

विभूति घोषणापछि सालिक बनाउने जुर्मुराउँदै

गएको असार ६ गते सरकारले बझाङी राजा जयपृथ्वीबहादुर सिंहलाई १८औँ राष्ट्रिय विभूति घोषणा ग¥यो । विभूति घोषणा गरेपछि बझाङमा जयपृथ्वीको नामबाट जोडिएका सबै निकायले सिंहको सालिक बनाउने तयारी गरेका छन् । जयपृथ्वीको नामबाट सडक, नगरपालिका, क्याम्पस, सङ्घ संस्था, निजी स्वामित्वका कम्पनीले जयपृथ्वीको नामबाट सालिक बनाउन जोड दिइरहेका छन् ।

बझाङ पत्रकार महासङ्घले पनि आफ्नो पहलमा मानवताको वकालत गर्ने जयपृथ्वीको सालिक बनाउन अन्य निकायले समन्वय गर्ने जनाएको छ । बझाङका पत्रकार वसन्तप्रताप सिंहले विश्वमै मानवताको पक्षमा वकालत गर्ने र नेपालको पहिलो अखबार गोरखापत्रको पहिलो व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नुभएका जयपृथ्वीको सालिक बनाउन पत्रकार महासङ्घले नै पहल गर्नुपर्ने बताउनुभयो ।

“अन्तर्राष्ट्रियस्तरमै मानवतावादको स्थान दिलाउने जयपृथ्वी नै हुनुहुन्थ्यो”, इतिहासका जानकार तथा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख बजालले भन्नुभयो, “हाम्रो लामो प्रयासपछि सरकारले विभूति घोषणा गरेको छ । अब उहाँलाई सबै जनतामाझ चिनाउनका लागि पनि सालिक बनाउनुपर्छ ।” उहाँले जयपृथ्वीको सालिक बनाएर पार्क नै बनाउने तयारी भएको बताउनुभयो । “नगरपालिकाले चैनपुर बजारमै ठूलो सालिक बनाउनेछ”, उहाँले भन्नुभयो, “विश्वलाई मानवतावादको पाठ सिकाउने सिंहको गृहजिल्ला उहाँकै नामबाट पर्यटकीय जिल्ला हुनेछ ।”

बझाङमा पनि अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग

नेपाल प्रज्ञा प्रतिष्ठानले जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरेसँगै बझाङमा पनि जयपृथ्वीलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न आवाज उठिरहेको छ । “विश्वका विभिन्न मुलुकमा जयपृथ्वीले मानवताको पक्षमा वकालत नगरेको भए आज हिंसात्मक मुलुक धेरै हुन्थे”, खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशी भन्नुहुन्छ, “विलासी जीवन हुँदाहुँदै पनि सर्वसाधारण सबैको हकहितका लागि विश्वमा नै शान्ति छर्ने काम गर्नुभयो । त्यसैले सरकारले ढिलाइ नगरी सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानले जयपृथ्वीको १४६औँ जन्मजयन्तीका अवसरमा ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीमा अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको थियो । मानवतावाद र जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंहले जयपृथ्वीलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्ताव गर्ने तयारी भएको बताउनुभयो । अध्यक्ष मीनबहादुरका अनुसार विश्व शान्तिलाई प्रवद्र्धन गर्न जयपृथ्वीलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गराउन परराष्ट्र मन्त्रालयको सहयोगमा प्रक्रिया अघि बढेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com