फोर्थ जुलाईमा अहिलेसम्म तीन अमेरिकी राष्ट्रपतिको मृत्यु


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

अमेरिकाले जुलाई ४ लाई स्वतन्त्रता दिवशका साथै अमेरिकाको जन्मदिनको रुपमा पनि मनाउँछ । यसपाली २४१ औं स्वतन्त्रता दिवशका रुपमा जुलाई ४ मनाइदैछ । तर फोर्थ जुलाईको दुखद इतिहास पनि छ ।

फोर्थ जुलाई कै दिनमा अहिलेसम्म तीनजना अमेरिकी राष्ट्रपतिको मृत्यु भएको छ । १८३१ को जुलाई ४ मा राष्ट्रपति जेम्स मुनरोको क्षयरोग र हृदयघातका कारण न्युयोर्कमा उनको छोरीको घरमा मृत्यु भएको थियो । अमेरिकाका यी पाँचौं राष्ट्रपतिले आफ्नो जीवनी लेख्ने प्रयास गरेपनि सफल भने हुन सकेनन् । मुनरो फोर्थ जुलाईमा निधन भएका तेश्रो अमेरिकी राष्ट्रपति हुन् ।

त्यसअगाडि अरु दुईजना राष्ट्रपतिहरु थोमस जेफर्सन र जोन आदम्सको पनि फोर्थ जुलाईकै दिनमा निधन भएको थियो । सन् १८२६ मा स्वतन्त्रताको पचासौं बर्ष मनाइरहदा उनीहरुको निधन भएको थियो । आदम्सको ९० बर्षको उमेरमा निधन भएको हो भने जेफर्सनको ८३ बर्षको उमेरमा निधन भएको हो ।


थोमसको मृत्यु यही घरमा भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com