१० हजार डलर ऋण मिनाहा गर्ने बाइडेन घोषणाबारे जान्नैपर्ने ३ कुरा


प्रकाशित मिति : भाद्र ९, २०७९ बिहीबार

अमेरिकी राष्ट्रपति राष्ट्रपति जो बाइडेनले १० हजार डलरसम्म संघीय विद्यार्थी ऋण मिनाहा गर्ने घोषणा गरेका छन् । पेल अनुदान प्राप्तकर्ताहरूका लागि २० हजार डलरसम्मको ऋण मिनाहा हुनेछ । यसबारे जान्नैपर्ने तीनवटा मुख्य विषयहरु रहेका छन् ।

ऋण माफी कसले पाउने ?

अमेरिकामा अध्ययनका क्रममा विद्यार्थीहरुले लिएको सरकारलाई तिर्नुपर्ने करिब १ दशमलव १ दशमलव ६२ ट्रिलियन डलर ऋण छ । बाइडेनको योजनाले ती मध्ये धेरैलाई राहत प्रदान गर्नेछ । झण्डै ४३ मिलियन ऋणीहरुलाई राहत पुग्नेछ भने र झण्डै २० मिलियनको विद्यार्थी ऋण पूर्ण रूपमा माफी हुनेछ ।

संघीय विद्यार्थी ऋण भएका व्यक्तिहरू जसले प्रति वर्ष १ लाख २५ हजार डलर भन्दा कम कमाउँछन्, वा २ लाख ५० हजार भन्दा कम कमाउने जोडीहरू १० हजार डलरसम्म ऋण माफीको लागि योग्य हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसमा हालका विद्यार्थीहरू पनि समावेश छन् । आश्रित विद्यार्थीहरू आफ्ना आमाबाबुको आयको आधारमा राहतको लागि योग्य हुनेछन्। अण्डर ग्रयाजुएट विद्यार्थीहरुका लागि अभिभावकले लिएको संघीय ऋण पनि राष्ट्रपतिको योजना अन्तर्गत मिनाहा हुनेछ । तर जुन ३०, २०२२ पछि लिएको ऋण भने मिनाहाका लागि योग्य हुने छैन।

पेल अनुदान प्राप्त गर्ने योग्य ऋणीहरु २० हजार डलरसम्म ऋण मिनाहाका लागि योग्य हुनेछन् । लगभग ६० प्रतिशत संघीय विद्यार्थी ऋण लिएकाहरुले पेल अनुदान प्राप्त गरेका छन् । यी अनुदानहरू कम आय भएका विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि मद्दत गर्न डिजाइन गरिएको हो । संघीय विद्यार्थी ऋणहरू भएका लगभग एक तिहाइ स्नातकहरूले प्रत्येक वर्ष पेल अनुदानहरू प्राप्त गर्छन्।

के  आवेदन दिनु पर्छ ?

धेरै ऋणीहरु समाचारको बारेमा उत्साहित भइरहँदा आवेदन दिन पर्ने नपर्नेबारे जान्न चाहन्छन्। ह्वाइट हाउसका अनुशार ऋण मिनाहाका लागि धेरै ऋणीहरुले आफ्नो आम्दानी प्रमाणित गर्न आवेदन पेश गर्नुपर्नेछ। शिक्षा मन्त्रालयले लगभग ८ मिलियन ऋणीहरुको आम्दानीको जानकारी फाइलमा रहेको जनाएको छ । उनीहरुको ऋण स्वतः मिनाहा हुनेछ ।

८ मिलियन ऋणीहरुको ऋण चाँडै मिनाहा हुनसक्छ । तर बाँकी झण्डै ३५ मिलियनले भने आवेदन दिनुपर्ने हुन्छ ।

आफूहरुले भत्किएको र पुरानो प्रणालीलाई सुधार गरिरहेको शिक्षा मन्त्रालयले जनाएको छ । प्रक्रिया सहज रूपमा चलाउन समय लाग्ने उनीहरुको भनाई छ ।

थप जानकारीको लागि यहाँ क्लीक गर्न र जानकारीमूलक इमेलहरूको लागि साइन अप गर्न आग्रह गरिएको छ ।

के मासिक भुक्तानी घट्नेछ ?

बाइडेनको घोषणाको एक महत्वपूर्ण अंश ठूलो मासिक भुक्तानी गर्न नसक्ने मानिसहरूलाई मद्दत गर्न डिजाइन गरिएको छ ।

यो योजनाले ऋणीहरुले प्रत्येक महिना तिर्नुपर्ने रकम घटाउनेछ । उनीहरुको आम्दानीको १० प्रतिशतसम्म तिर्नुपर्ने विगतको प्रावधानलाई हटाएर ५ प्रतिशतमात्र तिर्नुपर्ने प्रावधान बनाउनेछ ।

बाइडेनको ऋण माफीको घोषणाले धेरै ऋणीहरुको लागि तत्काल राहत ल्याउनेछ । तर मासिक रुपमा तिर्ने रकम घटाउने योजनाले वर्षौंसम्म फाइदा हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com