बन्दकर्तामाथि निर्घात कुटपिट (भिडियो)


प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार

काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेको आरोपमा एक जनालाई स्थानीयले कुटपिट गरेका छन् । मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक, सह-चालक, र स्थानीयले ती व्यक्तिलाई कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । पछिल्लो पटक बन्दकर्ता माथिको निर्घात कुटपिट पहिलो घटना हो ।

उनीलाई प्रहरीको जिम्मा लगाईएको छ । पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत रहेका छन् । पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको सार्वजनिक बसमा कालिकोट घर भएका विप्लवका कार्यकर्ता राउतले ढुंगा हानेका थिए । ढुंगाले लागेर बसको अगाडीको सिसा फुटेको प्रहरीले जनाएको छ ।

राउत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग आबद्ध रहेको बताईएको छ । यता, विप्लवले भने बन्द कर्तामाथि कुटपिट गर्ने सिभिल प्रहरी रहेको आरोप लगाएको छ ।

भिडियो

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com