२०१९ को चुनाव लड्न अमेरिकी नागरिकता त्यागेका श्रीलंकाका पूर्व राष्ट्रपतिले ग्रिनकार्ड लिने


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षका लागि फाइल गरिएको अमेरिकी ग्रिनकार्ड आवेदन परिवारमा आधारित रहेको जनाइएको छ । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायका लागि अमेरिकामा पत्नी र छोरासँगै बस्नेगरी ग्रिनकार्ड आवेदन प्रकृया सुरु गरिएको हो ।

उनकी पत्नी लोमा राजापाक्ष अमेरिकी नागरिक भएका कारण सोही आधारमा उनी परिवारमा आधारित ग्रिनकार्ड प्राप्त गर्न योग्य रहेका छन् । गत महिना सुरु गरिएको यो प्रकृया पूरा हुन कतिसमय लाग्ने भन्ने निश्चित छैन ।

गोटावाय राजापाक्षले सन् १९९८ मा अमेरिका बसाई सरेका थिए । उनले श्रीलंकाको सेनाबाट रिटायर्ड भएर सुचना प्रविधिको क्षेत्रमा प्रवेश गरेका थिए । अमेरिकामा बसाई सराई गरेर अमेरिकी नागरिकता लिएका उनले सन् २०१९ को श्रीलङ्काको राष्ट्रपति चुनाव लड्नका लागि अमेरिकी नागरिकता त्यागेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिएका हुन् । पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिने विरातुङ्गाले नोभेम्बरसम्म थाइल्याण्डमा रहने उनको योजना रद्ध भइसकेको पनि बताए ।

कानुन व्यवसायीहरुसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेको जनाइएको छ । अमेरिका जाने प्रक्रिया सुरु गरेका उनको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेको जनाइएको छ । कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै  आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नु परेको हो । उनी सुरुमा म्यानमार गएका थिए । त्यसपछि थाइल्याण्ड हुँदै सिङ्गापुर पुगे ।

उनले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com