त्रिभुवन विमानस्थलबाट राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका भारतीय नागरिक राहुल रेमानान पक्राउ परेका छन् । हिजो बिहान दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले शंकास्पद लागेपछि विमानस्थलबाटै पक्राउ गरेको थियो ।
उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।