प्रधानमन्त्री देउवाबाट गिरीप्रति श्रद्धाञ्जली अर्पण (तस्वीरहरु)


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

k|d b]pjfåf/f >4f~hnL ck{0f nlntk’/, % ebf}M g]kfnL sf+u|];sf g]tf k|bLk lu/Lsf] kfly{j z/L/df kf6L{ sfof{no ;fg]kfdf cfOtaf/ kf6L{sf] em08f cf]9fO{ >4f~hnL ck{0f ub}{ g]kfnL sf+u|];sf ;efklt Pj+ k|wfgdGqL z]/axfb’/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n,pk;efklt k”0f{axfb’/ v8sf nufot g]tf tyf sfo{stf{ . tl:a/M k|bLk/fh jGt÷/f;;

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गर्नुभएको हो । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उहाँको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पु-याइएको हो ।

सभामुख, अध्यक्ष नेपाल र डा. भट्टराईबाट गिरीप्रति श्रद्धाञ्जली

सभामुख अग्नीप्रसाद सापकोटाले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी सभामुख सापकोटाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत (समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल सानेपा पुग्नुभएको थियो ।

श्रद्धाञ्जलीपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले गिरीको निधनले मुलुकले सिद्धान्त, निष्ठवान र अध्ययनशील व्यक्तित्व गुमाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदीपजीले तुलनात्मक अध्ययन गरेर समाजवाद नै उत्कृष्ट व्यवस्था हो भन्ने निक्र्योल गर्नुभयो । नेपाली राजनीतिप्रति चिन्ता व्यक्त गर्नुहुने उहाँले समाजवादी शक्तिलाई अघि बढाउन योगदान पु-याउनुभएको छ ।”

नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उहाँको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पु-याइएको हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com