वामपन्थी नेताका बुझाइमा समाजवादी चिन्तक गिरी


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई वामपन्थी नेताहरूले आलोचनात्मक दृष्टिकोण भएको माथिल्लो स्तरको प्रजातन्त्रवादी र मानवतावादी चिन्तकका रूपमा स्मरण गर्नुभएको छ । उहाँहरूले गिरीलाई नेपाली समाजले अध्ययनमा मेधावी, बौद्धिक तर्कसहितको मन्तव्य प्रस्तुत गर्ने हैसियत राख्ने मिलनसार र लोकतान्त्रिक मूल्य, मान्यतामा अडिग राजनीतिक व्यक्तित्वका रूपमा सदासर्वदा सम्झिरहने धारणा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले वैचारिक राम्रो अध्ययन भएको लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्ने राजनीतिज्ञका रूपमा आफूले नेता गिरीलाई लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँसँग मेरो साह्रै राम्रो सम्बन्ध थियो, सदासर्वदा हामीबीच सम्पर्क र सम्बन्ध रह्यो । संसद्मा पनि उहाँको प्रस्तुति निकै राम्रो हुन्थ्यो । कसैप्रति पूर्वाग्रह नराख्ने सबैसँग मूल्य र मान्यताका आधारमा अघि बढ्नुपर्छ भन्ने मान्यता राख्ने गिरी लोकतान्त्रिक आन्दोलनको योद्धा हो ।”

उहाँको असामयिक निधनले ठूलो क्षति भएको भएको जनाउँदै पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “असहमतिका विषय पनि छयाङ्ग भन्ने सादगी र साह्रै मिलनसार हुनुहुन्थ्यो । नेपालका राजनीतिज्ञले उहाँको सादा जीवनशैली, जतिबेला पनि अध्ययनमै डुबिरहने शैलीबाट सिक्नुपर्छ ।”

संविधानसभाका अध्यक्ष नेम्वाङले भन्नुभयो, “प्रदीपजी बोल्ने भनेपछि संसद्मा सुन्न बस्नेको सङ्ख्या ठूलो हुन्थ्यो, त्यो उहाँले कमाएको ठूलो सम्पत्ति र सम्मान हो ।” दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिक क्षेत्रको विश्लेणषसम्बन्धी विशेषज्ञता हासिल गर्नुएका गिरीको गए राति उपचारका क्रममा निधन भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्र कार्कीले दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरीले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्रह देखाउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गिरीमा भौतिक सुख भोग, बिलासी, ऐसआरामभन्दा ज्ञानको भोक बढी थियो । जीवनभर कांग्रेस रहे तापनि कालमाक्र्स र लेनिन बौद्धिकताप्रति काविल हुनुहुन्थ्यो । आलोचनात्मकरूपमा विषयवस्तु बुझ्ने प्रदीपजीको सबैभन्दा राम्रो गुण हो ।”

उहाँ कसैप्रति अन्धधुन्ध समर्थक हुनुहुन्थेन, माक्र्स, गन्धी, राममनोहर लोहिया, जयप्रकाश नारायणन् र विपी कोइरालाप्रतिको दृष्टिकोणसमेत सम्मानजनक र आलोचनात्मक राख्ने गिरीजी त्यस्तो विचार प्रकट गर्न सक्ने माथिल्लो स्तरको व्यक्ति भएको बताउँदै नेता कार्कीले भन्नुभयो, “गिरी आलोचनात्मक दृष्टिकोण भएको प्रजातन्त्रवादी र मानवतावादी चिन्तक हुनुहुन्थ्यो ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com