‘मलेसियामा सय भन्दा बढी नेपाली पक्राउ’


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

– रामचन्द्र गिरी

मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको ‘दर्ता कार्यक्रम’ सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान शुरु गरेको छ । गत शनिबार उक्त अभियान शुरु भएयता सयजना भन्दा बढी नेपालीसहित एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका छन् ।

देशव्यापी धरपकड शुरु गरिएपछि त्यहांस्थित नेपाली दूतावासले गैरकानुनी अवस्थामा बसीरहेका नेपालीहरुलाई अविलम्व दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको छ ।
मलेसियाले अवैधानिक बसोबास गरिरहेका आप्रवासी कामदारहरुका लागि पछिल्लोपटक गत फेब्रुअरी १५ देखि जुन महिनासम्म दिइएको उक्त अवसर उपयोग नगर्ने आप्रवासीप्रति थप कडाइ गर्दै उनीहरुको देशव्यापी खोजी गरिरहेको छ।

सो अवधिमा करिब १५ सय नेपालीहरु दर्ता भएको नेपाली दूतावासले जनाएको छ । मलेसियाले दर्ता भएका अवैधानिक आप्रवासी कामदारलाई ‘इन्फोर्समेन्ट कार्ड’ निशुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याएको थियो । तर उक्त कार्यक्रममा सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुलाई खोजी गरी पक्राउ गर्न गत शनिबारदेखि शुरु गरिएको धरपकड अभियानमा हजारभन्दा बढी आप्रवासीहरु पक्राउ परिसकेका छ। ती मध्ये सयभन्दा बढी नेपाली पनि रहेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । पक्राउ पर्नेमा अधिकांश बांगलादेशी कामदारहरु छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीको प्रमुख रोजगार गन्तव्यमध्येको एक मलेसियाले हालै संचालन गरेको धरपकड अभियानका कारण गैरकानुनी हैसियतमा रहेका नेपाली कामदारहरु चिन्तित छन् ।
नेपाली दूतावासका उपनियोग प्रमुख कुमारराज खरेलले त्यस्ता नेपालीहरुलाई अविलम्व दूतावासको सम्पर्कमा आउन र आवश्यक प्रक्रिया मिलाई स्वदेश फर्कन आग्रह गरे ।
स्वदेश फर्कन चाहनेले दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र लिई पुत्राजयास्थित मलेसियाली अध्यागमन विभागलाई उसले तोकेको जरिवाना र विशेष पासको शुल्क तिरेर स्वदेश फिर्न सकिने समेत उनले बताए ।

नेपाली दूतावासका अनुसार मलेसियामा वैधानिक रुपमा करिब ४ लाख ८५ हजार नेपालीहरु कार्यरत छन् । ती बाहेक हजारौं नेपालीहरु अवैधानिक अवस्थामा रहेको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्ता नेपाली कामदारलाई यसबारे जानकारी गराउन छिट्टै जनचेतनामूलक कार्यक्रम गर्ने दूतावासले तयारी गरिरहेको खरेलले जानकारी दिए । विभिन्न मुलुकका गरी करिब २० लाख वैधानिक आप्रवासी कामदार कार्यरत रहेको भनिएको मलेसियामा झण्डै त्यति नै संख्यामा अवैधानिक कामदार रहेका अनुमान गरिएको छ, जुन ठुलै समस्याको रुपमा देखिएको छ ।

रोजगारदाताले चाहिं अहिले शुरु गरिएको धरपकडप्रति चिन्ता व्यक्त गर्दै उपयुक्त विकल्प ल्याउन सरकारलाई आग्रह गरेका छन् । रोजगारदाता सम्बद्ध संघसंस्था एवं सरोकारवालाहरुले विदेशी कामदारहरु दर्ता गर्ने म्याद थप्न गरेको आग्रहलाई सरकारले अस्वीकार गरिदिएको छ, यद्यपि उनीहरु सरकारले विकल्प खोज्नेमा अझैपनि आशावादी देखिन्छन् ।

बीबीसी नेपाली सेवा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com