दलहरुका आ–आफ्नै दाबी : यस्ता छन् चुनावी कुरा


प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन् । सत्ता गठबन्धनमा दलहरुबीच सिट बाँडफाँटका लागि मोडालिटी बनाउन निरन्तर छलफल हुदै आएको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट डा. बाबुराम भट्टराई र वामदेव गौतम चुनाव लड्ने भएपछि गठबन्धनमा यस विषयमा थप छलफल भएको छ ।

पाँच दलीय सत्ता गठबन्धनमा आगामी संघीय निर्वाचनमा सिट बाँडफाँटका बनेको कार्यदलमा निरन्तर छलफल चल्दै आएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटोभन्दा छिटो कार्य गर्न कार्यदललाई निर्देशन दिएका छन् । कार्यदलले पनि यही तहमा सहमति जुटाएर नेतृत्व तहमा प्रतिवेदन बुझाउने बताएको छ । यसअघि गठबन्धनको नेतृत्व गरेको कांग्रेसले गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार बनाउने भन्दै आएपनि मंगलबार बालुवाटारमा बसेको कार्यदल बैठकमा २०७४ साल र गएको स्थानीय तहको निर्वाचन मतपरिणाम दुवैलाई आधार मान्ने सहमति जुट्यो । प्रधानमन्त्री देउवाले गठबन्धनमा अन्याय सिट बाँडफाँटमा अन्याय नहुने बताए । कांग्रेसले स्थानीय जनप्रतिनिधिलाई चुनाव केन्द्रीत दुई दिने अभिमुखीकरण कार्यक्रम ग-यो । कांग्रेसले भदौ १० देखि २४ गतेसम्म देशका ७७ वटै जिल्लामा चुनाव केन्द्रीत कार्यक्रम गर्दैछ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हसियाँ हथौडाबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई संघीय निर्वाचन लड्दैछन् । माओवादीबाट अलग भएका भट्टराइले २०७३ सालमा नयाँ शक्ति पार्टी गठन गरेका थिए भने चुनाव चिन्ह आँखाबाठ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चुनाव जितेका थिए । पूर्व माओवादी नेता भट्टराईले २०६४ सालमा गोरखा क्षेत्र नम्बर २ र २०७० सालमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई फेरी पुरानै पार्टी माओवादीको चुनाव चिन्हबाट यो पटक लड्दैछन् । यसैगरी पूर्व एमाले नेता वामदेव गौतम पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट आगामी चुनावमा प्रतिस्पर्धा गर्दैछन् । माओवादीको मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई पार्टीको चुनाव चिन्ह प्रदान गर्ने स्वीकृति ग-यो । भट्टराईको नेपाल समाजवादी पार्टी र गौतमको नेकपा एमता राष्ट्रिय अभियान पार्टी माओवादीबाट चुनाव लड्ने विषय सत्ता गठबन्धनमा पनि छलफल भएको छ । यस विषयमा विभिन्न शर्तहरु भएकाले माओवादीको स्थायी कमिटी बैठक बुधबार फेरी बस्ने पापर्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आगामी निर्वाचनको तयारीमा तीव्र जुटेको छ । एमाले सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा एमाले एक्लै लडे ३९ सिट जित्ने दाबी गरेका छन् । उनका अनुसार आगामी निर्वाचनमा समानुपातिसहित एमालेले ८० सिटको हाराहारीमा जित्नेछ । पछिल्लो समय राजधानीमा आयोजित एक कार्यक्रममा उनले १६५ प्रत्यक्ष तर्फमध्ये एमाले ३९ सिट जित्ने र ७० मा कडा प्रतिस्पर्धा हुने बताएका हुन् ।

पछिल्लो समय गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक अभिव्यक्ति दिएपनि यो पटक वाम गठबन्धनको मौका फुत्किसकेको छ । यो समय नेपाली कांग्रेस वा सत्ता गठबन्धनका दलहरुलाई रोष प्रकट गरेरै समय व्यतित गरे एमाले झनै खस्कने छ । आफ्नै शक्ति र संगठनको बलमा आगामी चुनावी तयारीमा रहेको एमाले प्रतिपक्षमा रहेका साना दलहरुसँग गठबन्धन गर्न सक्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकोप्रति मधेसवादी दलहरु असन्तुष्ट छन् । यो प्रकरणमा प्रतिपक्षी दल एमालेको भूमिका खेलेको आरोप राष्ट्रपतिमाथि लागेको छ । एमालेसँग नजिक जस्तो देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतानित्तक समाजवादी पार्टीले पनि राष्ट्रपतिको यो कदमको आलोचना गरेको छ ।

जसले गर्दा आगामी निर्वाचनमा लोसपा सत्ता गठबन्धनसँग नजिकने र एमालेसँग टाढा हुने सम्भावना थप बढेको देखिन्छ । सत्ता गठबन्धनको पनि आगामी चुनावी रणनीतिका सम्बन्धमा मंगलबार पनि बैठक बस्यो । गठबन्धनको निरन्तर बस्दै आएको कार्यदलको बैठक बुधबार दिउँसो पुनः बस्नेछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु त्यसको तयारीका लागि आ–आफ्नै रणनीतिमा छन् ।-एबीसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com