पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आयो


प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ ८० पैसा, डिजेल प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटाएर नेपाल पठाएको नेपाल आयल निगमले जनाएको हो ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमलाई घाटा नै रहेको निगमले जनाएको छ । नेपाली बजारमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ । निगमका अनुसार नयाँ मूल्य हेरफेर भएपछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ घाटा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com