नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव , राधा घले , धना खतिवडा , उर्मिला थपलिया , रुक्मीणी कोइराला , कल्याणी रिजाल , गोमा भट्टराई ,गङ्गा शाही , लक्ष्मी खतिवडा र सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।
सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।