राष्ट्रलाई समृद्ध बनाउन कला–संस्कृृतिको महत्वपूर्ण योगदान हुन्छ : प्रचण्ड


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुन नसक्ने बताएका छन् । उनले राष्ट्रलाई समृद्ध बनाउन कला–संस्कृतिको महत्वपूर्ण योगदान रहने जिकिर गरे । राष्ट्रलाई समृद्ध बनाउको निम्ति संस्कृति, कला, पत्रकारिता साथै विभिन्न क्षेत्रमा कार्यरत सबै स्रष्टाहरुको निकै ठूलो भूमिका हुने उनको भनाई छ ।

काठमाडौंमा आयोजित एनइए अवार्ड–२०७९ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको विकास नेपाली मोडेलमा हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपाली इतिहास, भुगोल, संस्कृति र जातिय बनोट अनुसार नै नेपाली मोडेलमा विकास गर्नुपर्ने तर्क राखे ।

उनले नेपालको विकास नेपाली मोडेल अनुसार गर्नुपर्ने बताउँदै भने, हाम्रो इतिहास, हाम्रो भुगोल, हाम्रो संस्कृति, हाम्रो जातिय बनोट अनुसार नै त्यसैको अनुकुल नेपाली मोडेलको विकास हामिले गर्नुपर्दछ । अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गरेको बताउँदै जनताले चाहे अनुसारको विकास गर्नकै आफू फेरी एकपटक समर्पित हुने संकल्प गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com