मिटरब्याजी पीडितलाई गृहको आग्रह- ‘प्रमाणसहित उजुरी दिनुस्’


प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार

काठमाडौं । गृह मन्त्रालयले देशभरका मिटरब्याजी पीडितहरूलाई प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै देशभरका आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारबाही गर्न मिटरब्याजी पीडितहरूलाई भदौ ५ गते सम्ममा उजुरी दर्ता आग्रह गरेको हो ।

मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्रीको निर्देशनमा शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न डा. भीष्मकुमार भूसालको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

उक्त कार्यलदलले नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतिघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति’सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेत लगाएतको उपस्थितिमा वार्ता पनि गरिसकेको छ ।

देशैभरी मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै ती व्यक्तिहरूबाट मिटरब्याजीले गरेका अपराध र शोषणविरूद्ध आ-आफ्नो जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र प्रमाणसहित उजुरी दर्ता मन्त्रालयले आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com